धरानमा आगलागी ७० लाखबढिको क्षति

धरान / धरान उपमहानगरपालिका वडा नम्बर २ घण्टाघर अगाडी आगलागी हुँदा ७० लाखबढिको क्षति भएको छ ।

मंगलबार ७:३० बजे राती आगलागी हुँदा भुपेन्द्र राईको घरमा भएको पसलमा क्षति भएको हो । उक्त घरको ७ वटा पसलमा क्षति पुगेको पीडितहरुले बताए ।

आगलागीबाट शशी राईको मिक्स फेन्सिमा रहेको सामान नष्ट भएको छ । सो फेन्सिमा रहेको सामान नष्ट हुँदा २५ लाखबढिको नोक्सान भएको कुरा फेन्सिका सन्चालक राईल्र बताए । त्यसैगरी कोमल जेनेरल स्टोरमा रहेको सामान जलेर नष्ट हुँदा १८ लाख माथिको हानी भएको कुरा संचालक कोपिला श्रेष्ठले बताए । त्यही पसलमा सामन स्टक रहेका दिपेन तामाङको कपडा पसलको २० लाख माथिको क्षति भएको दिपेन तामाङले बताए ।
जम्मा ७ वटा पसलमा क्षति मध्ये अन्य पसलको कम क्षति भएको पिडितहरुले बताए । भुपेन्द्र राईको घरसंग जोडिएको निरोज मादेनको घरमा पनि आगोले भेटेको छ भने आसिस जैसवालको खाद्य पसलमा क्षति भएको जैसवालले बताए ।

आगलागी कसरी भयो भन्ने खास कारण पत्तो नलागे पनि बुजुलिको तार मुसाले काटेर बिजुली सर्ट भएको अनुमान गरिएको छ । घटनास्थलमा धरान उपमहानगरको बारुण यत्र तत्काल आएर आगो नियन्त्रण गरेको स्थानीयले बताए । ईलाका प्रहरी कार्यालयबाट घटनाको मुचुल्का संकलन भौरहेको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार