भोटखोलामा मोबाइल टावरको लागि पचपन्न लाख विनियोजन, ३३ लाख अपुग

धरान / पुर्वको कर्णाली भनेर चिनिने संखुवासभा जिल्लाको अति दुर्गम शिङ्सा क्षेत्र भोटखोलामा मोबाईल टावरको बाराम्बार समस्या भैरहेको छ । भोटखोला गाउँपालिका वडा नम्बर २ मा रहेको माक्पालुङमा जडित टावरमा सोलारले काम नगरेपछि उत्तरी क्षेत्र मोबाइलमा संपर्क बिच्छेद भैरहने मुख्य समस्या रहेको छ । भोटखोला शिङ्सा क्षेत्रमा हाल सिडिएमए स्काईको रिम मार्फत मोबाईल संचालनमा छ । तर उर्जा आपूर्तिमा कमि भए पछि अनियमित भैरहने समस्या छ ।

भोटखोला गाउँपालिकाले टावरमा बुद्युत आपूर्ति गर्न चालू आर्थिक वर्षमा ५५ लाख बजेट विनियोजन गरिएको कुरा गाउँपालिका अध्यक्ष तेम्बा भोटे ( ठिलेन साङ्बु) ले जानकारी दिएको छ। उक्त विनियोजित बजेटमा गाउँपालिकाबाट २५ लाख वडा नम्बर २ बाट २५ लाख र वडा नम्बर ४ बाट ५ लाख गरि ५५ लाख बजेट विनियोजन भएको बताए । सो बजेटमा स्टिमेट अनुसार ३३ लाख अपुग हुने कुरा गापा अध्यक्ष तेम्बाले बताए । तर लगभग ६३ लाखसम्ममा सम्पन्न हुने अनुमान गरिएको बताए । ३३ लाख नपुग बजेटको लागि भनेर गाउँपालिकाले नेपाल टेलिकम शाखा खाँदबारी संखुवासभामा पत्राचार गरिएको छ ।

विनियोजन गरिएको सो बजेटले चेपुवामा रहेको बिद्युतलाई माक्पालुङ डाँडामा लानको लागि पोल तार लगायतमा खर्छ गरिने बताए । सोलार प्रणालीले काम नगरेपछि चेपुवाको बिद्युत टावर लान आवस्यक रहेको बताए । पटकपटकको बिद्युत आपूर्ति नहुँदा टावरले काम नगरेपछि उत्तरी क्षेत्रमा स्काई मोबाईल पुगेर पनि नियमित सेवा दिननस्क्दा संचार आवागमन ठप्प हुने गरेको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार