२४ लाखको योजनामा बाढिले क्षति,स्थानीय भन्छ चरम लापरबाही

२४ लाखको पर्खाल तारबारमा क्षति: तस्बिर गजेन्द्र राईको फेसबुक

धरान / खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका वडा नम्बर ८ मा गत आर्थिक वर्षमा निर्माण सम्पन्न भएको तारबार तथा पर्खालमा भल पस्दा करिब ३ लाख बराबरको क्षति भएको छ ।

अन्नपूर्ण माबिको संरक्षण गर्नको लागि तारबार तथा पर्खाल लगाएकोमा प्राविधिक रुपमा कमल निर्माण कार्य गरेरे भत्किएको भन्दै वडाबासिले गुनासो गरेका छ। मझुवा वडा नम्बर ८ का गजेन्द्र राईले यसरी कच्चा काम गरेर भत्किएको भन्दै सामाजिक संजाल फेसबुकमा फोटो सहित लगाएको छ । स्थानीय गजेन्द्र राईले – `<span;>नेपाल सरकारको प्रकृयागत हिसाबले असार २९ मा फोरफराक साउन ७ मा भत्क्यो अब भन्नुस यस्को जिम्मेवारी को हो?स्थान अन्नपूर्ण मा बि दि रु म न पा ८ बुवालुङ। स्कुल प्रसानलाई सोध्धा यो कहाबाट आयो यो कार्य निर्माणको जिम्मेवार को हो भन्ने उत्तर आयन,उत्तरमा थाहा छैन हामिलाई मात्र भन्नू भो।स्कुलको हाता भित्रको निर्माण कार्य स्कुल प्रसासन लाई थाहा नदि निर्मान हुन्छकी हुदैन यस्को पनि जानकारी पाउनु छ,तर जस्ले गरे पनि कामको दिगोपनको बारेमा भने सचेत हुनु पर्छ जस्तो लाग्छ मलाई´ लेखेको छ।

यस बिषयमा मझुवा वडा नम्बर ८ का वडा अध्यक्ष लिलाकुमार चौहानसंग फोनमा संपर्क गर्दा निर्माण कार्य सम्पन्नपछी वर्षाको भल पसेको बताए । नगरपालिकाको २१ लाख र स्थानीयको तीन लाख गरि २४ लाखको योजना भएको बताए । वडा अध्यक्ष चौहानले पानीको निकास नहुँदा भल पसेर करिब ३ लाख बराबरको क्षति भएको बताए । चौहानले स्थानीयबासिले कमसल निर्माण कार्य गरेर भत्किएको गुनासो छ भन्ने कुरा राख्दा पर्खालको जग सबै प्राविधिक रुपमा काम भएको जिकिर गर्दै भल मात्र पसेको बताए । संजालमा लगाएको फोटोमा तारबार चर्किएर धसिएको देखिन्छ । प्राविधिक रुपमा कमजोरी भएको स्थानीयको गुनासो छ । क्षतिको बारे प्रहरीलाई खबर गरेर मुचुल्का उठाउने काम हुने वडा अध्यक्ष चौहानले फोनमा जानकारी दिए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार