खुल्ला सडकको दुरुपयोग,ट्राफिकद्वारा व्हील लक

धरान / सडकको बिस्तार जति नै भए पनि उति नै त्यसको दुरुपयोग गरिरहेका हुन्छन । सडक साँघुरो भएको भनेर बिस्तार गरिए पनि अब्यस्थित रुपमा पार्किङ गर्नाले एकातिर सडक थप साँघुरो पारिदिन्छन भने अर्कोतिर सवारी दुर्घटना उत्ति नै निम्त्याईरहेको हुन्छ ।

धरानमा सडक बिस्तार हरेक वर्ष गरिरहेका छन । तर सवारी चापका कारण सडक उत्ति नै साँघुरो भैरहेको हुन्छ ।  धरानको मुख्य बजार देशिलाईन केही वर्ष अघिबाट बिस्तार भएर खुल्ला भएको छ । सडकको तल्लो लाईनमा मोटरसाइकल पार्किङ हुन्छ । पार्किङले भरिएपछी माथिल्लो लाईनमा साना चार चक्के निजि सवारी अनाधिकृत रुपमा पार्किङ गरिने भैरहन्छ । बेलाबेला ट्राफिक प्रहरी आउने गरिन्छ । ट्राफिकको हुसिल लागे पनि सवारी धनी ननिस्किदा ट्राफिकद्वारा ह्विल लक लगाउने गरिएको छ । ट्राफिक चिन्ह पर्याप्त नराख्नाले पनि यसरी अनाधिकृत तथा अब्यबस्थित पार्किङ बढिरहेको छ । सबैलाई पार्किङ गर्न हुन्न भन्ने कुरा जानकारी हुँदाहुँदै पनि ह्वील लक लागेपछि जरिवाना तिर्दा मात्र पार्किङ गर्नेको चेत खुल्छ।

पर्याप्त मात्रामा ट्राफिक संकेत राख्न भने अवस्य जरुरत देखिन्छ । कहिलेकाही पार्किङ गर्नेले ट्राफिक संकेत नभएको भनेर पनि ट्राफिकसंग प्रतिवाद गरेको देखिन्छ । देशिलाईनमा चार चक्केको अब्यबस्थित पार्किङ गरेपछि त्यसको बिच बिचमा रहेको खाली ठाउँमा मोटरसाइकल घुसाउने गरिएको छ । मौकाको फाइदा उठाएर गरिएको पार्किङ जब हेल्मेट उठाएर लगेपछि मात्र ट्राफिक आएर लगिएको थाहा हुन्छ । लोकतान्त्रिक चौतारी भानुचोकैमा ट्राफिक भए पनि नियमित रुपमा नहुँदा अनाधिकृत तथा अब्यबस्थित पार्किङ बढिरहेको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !