अर्थ मन्त्री जनार्दन शर्मा कुलमान घिसिङ सहित अप्पर अरुण अवलोकन

धरान । संखुवासभा जिल्लाको उत्तरी सिमा नजिक शिङ्सा क्षेत्र हाल भोटखोलामा रहेको अप्पर अरुण जलविद्युत परियोजना क्षेत्रमा अर्थ मन्त्री जनार्दन शर्मा बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विश्व बैकका निर्देशक मारि सहितको टोलिले अवलोकन गरेको छ ।

टोलिलाई निर्माण क्षेत्रका प्रभावित क्षेत्रको गाउँ नामुछिमा स्थानियले स्वागत गरे । निर्माण प्रभावित क्षेत्र नामुछिका स्थानीय जनताले मागपत्र पेश गरेका थिए । स्थानीयले माग पत्र पेश गरेकोपछि अर्थमन्त्री जनार्दन शर्माले माग सम्बोधन गर्ने आश्वासन दिए ।

मन्त्री शर्माले आमा समुहको भवन निर्माण गरिदिने बताए । त्यसैगरी कोशि राजमार्ग किमाथांका सडक खण्ड भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयसंग समन्वय गरेर छिटो निर्माण सम्पन्न गर्ने आश्वासन दिए । मन्त्री शर्माले हालै ल्याएको बजेटले पनि सामाजिक न्याय,गरिबिको अन्त गर्नको लागि कृषि जडिबुटी महिला समुह लगायतको लागि लोनको ब्याबस्था समेत गरिएको बताए ।

अप्पर अरुण परियोजना सम्पन्न गर्न स्थानीयको साथ सहयोग आवस्यक रहेको भन्दै परियोजना सम्पन्न गरेर बिकासको लागि अघि बढ्नुपर्ने बताए ।

अप्पर अरुण परियोजना भोटखोला गाउँपालिकाको चेपुवा, रुकमा र नामुछि गाउँमा निर्माण हुनेछ ।यो परियोजना अर्ध जलाशययुक्त एक हजार ६१ मेगावाटको आयोजना हो ।यसको निर्माण कार्य नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीले गर्नेछ । त्यसैगरी नेपाल सरकारले पनि आयोजना कार्यान्वयनका बजेट विनियोजन गरिएको जनाएको छ ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा विश्व बैंकको प्रबन्धक निर्देशक, विश्व बैंकका उपाध्यक्ष, पुर्ब राजदुत डा. अर्जुन कार्की, नेपाल विद्युत प्राधिकरणको महा निर्देशक तथा उज्यालो अभियान्ता कुलमान घिशिङ लगाएत बिशिस्ट पाउनाहरुले अपर अरुण हाइड्रोपावरको पावर हाउस र ड्याम साइटको स्थलगत अध्ययन भ्रमण गरेको बताए । उनले उपलब्ध स्थानिय समदायसंग भेटघाट र सामन्य अन्तर्कृया छल्फल भएको बताए । अध्यक्ष लामाले अप्पर अरुण परियोजनाको लागि ५०० मिलियन डलर विश्व बैंकले लगानी गर्ने सुनिस्चित भएको बताए ।

प्रभावित क्षेत्रका बसिन्दाले बिभिन्न माग गर्दै ३१ बुँदे माग यस अघि नै ध्यानाकर्षण गराईसकेको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !