यो कामको जिम्मेवारी उर्लाबारी नगरपालिकाको हो कि होइन? – स्थानीयको गुनासो

महेन्द्र राजमार्ग जुन बाटोले मेचिकालिलाई जोड्छ।जसले नेपालको मुटु राजधानी काठमाडौलाई पनि जोड्छ।हो त्यहि सडकखण्डको एउटा क्षेत्र केही दुरी केही किलोमिटर मोरङको उर्लाबारी नगरपालिकालाई पनि छोएर जाने गर्छ।उर्लाबारी नगरपालिकाको कार्यलय पनि महेन्द्रराजमार्गलाई छोएको छ।
यदि कोहि बिशेषकामले नगरपालिका जानू पर्‍यो भने अनिवार्य महेन्द्र राजमार्गलाई छिचोल्नै पर्ने हुन्छ।

उर्लावारि नगरपालिको लगभग ६ किलोमिटर महेन्द्रराजमार्गले छुएर गएको छ।सडकमा दैनिक हजारौ सवारीसाधन गुडिनै रहेका हुन्छन।सानो सडकमा सवारीको चापले  गर्दा यात्रा अलिक जोखिमयुक्त भएको महसुस गर्न सकिन्छ।यद्यपि पछिल्लोपटकको उर्लाबारीका मेयरले लगभग उर्लाबारीको क्षेत्रभरि  जोखिम युक्त यात्रा कम गर्न दुर्घटना बाट बच्ने उपाय भने लगाएको सबैले देखेक छन। खासगरि रातको समयमा बढि दुर्घटना पर्ने हुदा पहिलाका मेयर खड्ग फागोले सडकभरि बत्ती जडान गरेका थिए जुन प्रशंसनीय कार्य रहेको थियो।

तर हालका मेयर भने मेयरमा चुनिएका यतिका दिन भइसक्यो म यो काम गर्दैछु भनेर जनतालाई देखाएको छैनन।मेयर के मा ब्यस्त छन भन्ने कुरानै जनतालाई थाहा छैन।उर्लाबारीका मेयर गंगा खरेल दैनिक जसो घर बाट कार्यलय आउदा वा जादा सोही सडक प्रयोग गर्नु हुन्छ।दैनिक जसो सोही सडकमा हिडिरहदा पनि मेयरको नजरमा नपरेको सडकका सानासाना खाडलले कति जोखिम हुन्छ भन्ने चिल्लो कारमा हिड्ने मेयरले बुझ्न गारो होला।

दैनिकरुपमा हजारौ सवारीसाधन गुडिनै रहेका छन।ती खाडल बाट तर्केर प्राय सबै हिड्छन तर ठुला सवारीसाधनले भने सोही खाडल मा गाडि चढाएर बढाउछन।जुन अझ ठुलो ठुलो खाडल बन्दै गएको छ।सानो सवारीसाधन ले तर्केर नजाने हो भने दुर्घटनाको उच्च जोखिम भने रहेको छ।

दैनिक जसो आफै हिड्ने बाटोमा मेयरले सानो तिनो खाडल चासो नदेखाएको हो वा खाडल नदेखिएको बुझ्न सकिएको छन।यता सडक बिभागका कर्मचारीहरुपनि कुनै ब्यक्तिले पनि सडक तत्काल मर्मतका लागि अघिबढेको देखिदैन।उर्लाबारीमा ६ किलोमिटर सडक भित्र झण्डै २० वटा यस्ता साना खाडल छन जुन तत्काल मर्मतको आवश्यकता छ।

हुनत यो मेयरको काम नहोला तर मेयरको आग्रहमा सडक बिभागले तत्काल काम भने गर्नु पर्ने हो। तर मेयर गंगा खरेल चिल्लो गाडिमा बसेर हिडेपछि नत सडकको खाल्डाखुल्डी देखिन्छ न त पहिला आफै हिडेर दुख पाएको जस्तो महसुस नै हुन्छ।

त्यसैले त आम जनताको तर्फ बाट प्रश्न आउछ आखिर तत्काल सडक मर्मत कस्को जिम्मेवारी हो?सम्बन्धित निकाय को हो?

बिक्रम लिम्बु ,
उर्लाबारी मरोङ

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !