प्रबोध पत्रीकाले बुझायो वडा नम्बर सत्रमा माग पत्र

धरान / धरानबाट प्रकाशित हुने प्रबोध साप्ताहिक पत्रिकाले पत्रकार र पत्रकारिताको विकासमा स्थानीय सरकारको भूमिका सम्बन्धमा ध्यानाकर्षण गराएको माग पत्र धरान उपमहानगरपालिका वडा नं. १७ मा बुझाएको छ ।

असार ७ गते वडा कार्यलयमा सम्पादक लम्जेल सङ्घर्षशील र प्रतिनिधि हर्कराज चर्मकारले वडाध्यक्ष सूर्यबहादुर भट्टराई(मनोज) र वडा सचिव शिशिर श्रेष्ठलाई पत्र बुझाएका हुन।

गत जेठ २८ गते एक औपचारिक कार्यक्रम गरेर धरान उपमहानगरपालिका र यसका २० वटै वडा समक्ष माग पत्र बुझाउने घोषणा गरिएको थिए । सोही माग पत्र जेठ २८ गते धरान उपमहानगरपालिकाका उप–प्रमुख आइन्द्रविक्रम वेघाले बुझेका थिए ।

वडा वडामा माग पत्र बुझाउने अभियानका रुपमा असार ५ गते वडा नं. ७, ८ र ९ मा पुगेर स–सम्मान माग पत्र वडाध्यक्षहरुलाई बुझाइएको छ । माग पत्र बुझाउन पत्रिका प्रधान सम्पादक जमुना श्रेष्ठ, सम्पादक लम्जेल सङ्घर्षशील, कार्यकारी सम्पादक गणेशकुमारी राई वडा कार्यलाय पुगेका थिए । वडा नं. ७ मा वडाध्यक्ष जीवनराज सुवेदीले माग पत्र बुझेका छन् । उनले माग पत्र बुझेर मागहरु स्थानीय सरकारको दायित्वभित्र पर्ने बताएका छन् । माग पत्र बुझन वडाध्यक्ष साथ वडा सदस्यहरु रमिता श्रेण्ठ, राजेश मोक्तान, सुमिर बम्जन र वडा सचिवको उपस्थिति रहेको थियो ।

वडा नं. ८ मा वडाध्यक्ष धनबहादुर राईले माग पत्र बुझेका थिए । वडा सदस्य रविन्द्र श्रेष्ठको समेत उपस्थिति रहेको थियो । वडा नंं ९ मा वडाध्यक्ष रुपेश आचार्यले माग पत्र बुझेका छन् । वडा सदस्यहरु विन्दु कार्की, अम्बिका बिसुन्के र वडासचिवको समेत उपस्थिति रहेको थियो । वडाध्यक्ष ८ र ९ का वडाध्यक्षले समेत मागहरु स्थानीय सरकारले पूरा गर्नु पर्ने खालका रहेको बताएका छन् । असार ६ गते वडा नं. १ मा पुगेर स–सम्मान माग पत्र वडाध्यक्षहरुलाई बुझाएको छ । वडा नं. १ का वडाध्यक्ष यज्ञमणि आचार्यले माग पत्र बुझेका छन् । वडाध्यक्ष साथ वडा सदस्यहरु रिता सुन्दास, उज्जवल बास्तोलाको उपस्थिति रहेको थियो ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !