मुल्यबृद्धी बिरुद्ध स्वतन्त्र नागरिक समाजले धरानमा विरोध र्‍याली गरे

नविन रम्तेल
धरान । सरकारले पेट्रोलिम पदार्थमा मूल्यवृद्धि गरेपछि त्यसको बिरोध गर्दै अविलम्ब रुपमा मूल्यवृद्धि फिर्ताको माग राख्दै स्वतन्त्र नागरिक समाजद्वारा धरानमा प्रदर्शन गरेको छ ।

मंलबार “तेरो मर्जीले चल्दैन, जनताको ढाड सेक्न पाइँदैन”,”सवारी कर र पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता गर” जस्ता प्लेकार्ड सहित निस्केको र्‍याली चर्को नारा लगाउँदै भानु चोकमा कोण सभाको आयोजना गरी सम्पन्न भयो। उक्त कार्यक्रममा बोल्दै अभियन्ता कोपिला घिमिरेले सरकारको यो कदम जनताको हित विपरित भएकोले चुनावको बेला देखाएको उदारता जस्तै अरु बेला समेत देखाउन सक्नुपर्ने भएकोले अबिलम्ब पेट्रोलिम पदार्थको मूल्य नघटाए परिणाम नराम्रो हुने चेतावनी समेत दिईन्। कोण सभालाई सम्बोधन गर्दै दत्तकुमार लिम्बुले सबै सरोकारवाला आम नागरिक सडकमा ओर्लेर मूल्यवृद्धिको विरोध गर्दै सरकारलाई घुँडा टेकाउनु पर्ने बताए।उक्त कार्यक्रममा समिर तामाङ तर्क बहादुर मगर लगायतले आफ्नो धारणा राखेका थिए भने सहभागीहरुले कर्मचारीहरूको ह्वात्तै तलब वृद्धि गर्न सक्ने यो सरकार हजारौं जनप्रतिनिधिहरुलाई मोटो बैठक भत्ता थमाएर मुख बन्द गराउने तर आम जनतालाई नभइ नहुने पेट्रोलियम पदार्थको अत्तिचार मूल्य वृद्धि गरी भाडा दर उच्च बनाई मर्नु न बाँच्नु पारेकोले जबसम्म पेट्रोलिम पदार्थको भाउ घटाउने र करको दर घटाउने सरकारले पहल गर्दैन विरोध गर्नुको विकल्प नरहेको बताए।

स्मरण रहोस् पछिल्लोपटक एकैपटक २१ रुपैयाँ प्रतिलिटर पेट्रोलमा मूल्य वृद्धि गरी गठबन्धन सरकारले नयाँ रेकर्ड राखेको छ।अनावश्यक आयल निगमका कर्मचारी कटौती गरि सेवा सुबिधा खोस्नुपर्ने र सांसद मन्त्रीको भत्ता कटौती गरे मात्रै पनि मूल्य वृद्धिको समायोजन हुन सक्ने सहभागी पूर्ण गहतराजले बताए।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !