पेट्रोलियम पदार्थको मुल्य वृद्धिको बिरोधमा जनमत पार्टी

सिराहा । नेपाल आयल आयल निगमले आइतबार १२ बजे रातिदेखि लागुहुनेगरि भन्दै पेट्रोलियम पदार्थमा भारि मुल्य वृद्धि गरेपछि सिराहामा टायर बालेर जनमत पार्टीले बिरोध गरेको छ । पुर्व पश्चिम राजमार्गमा टायर बालेर यातायात समेत अवरोध गर्दै बिरोध प्रदर्शन गरिएको छ । उनिहरुले जबसम्म मुल्य वृद्धि फिर्ता गर्दैन तबसम्म बिरोध जारि रहने जनाएको छ ।                                                                        केपि ओलिको सरकारको पालादेखि क्रमिक रुपमा मुल्य वृद्धि हुँदै आएकोमा शेरबहादुर देउबा नेतृत्वको गठबन्धन सरकारले पटकपटक मुल्य वृद्धि गरिएको छ । केहि दिन अघि पेट्रोलको मुल्य प्रति लिटर १८० पुगेकोमा प्रति लिटर १० घटाएर १७० कायम गरेका थिए । आइतबारदेखि लागु हुनेगरी गरिएको मुल्य वृद्धि अनुसार अव पेट्रोल प्रति लिटर १९९ रुपैया कायम भएको छ । त्यसैगरी डिजेल प्रति लिटर १९२ रुपैया भएको छ ।खाना पकाउने ग्यासमा भने अघिल्लो पटक वृद्धि भएको दर प्रति सिलिन्डर १८००/- रुपैया नै कायम राखिएको छ । रसिया युक्रेन युद्धको कारण देखाउदै अन्तर्राष्ट्रिय बजार मुल्य अनुसार समायोजन गर्दा मुल्य वृद्धि भएको आयल निगमले जनाएको छ।                                                                                           

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !