एसपिपिमा गुपचुप सरकार लागेको भन्दै जनमुक्तिको बिरोध

काठमाडौ । चर्को विवादमा रहेको एसपिपि (स्टेट पाट्नरसिप प्रोग्राम ) अनुमोदन गुपचुपमा प्रयासमा नेपाल सरकार नै लागी परेको भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले बिरोध जनाएको छ ।

असार १ गते पार्टी अध्यक्ष केपि पालुङ्बा र कार्यकारी अध्यक्ष केशव सूर्यवंशीको संयुक्त हस्ताक्षरमा प्रेस बिज्ञप्ति जारि गर्दै गोप्य रूपमा नेपाल र अमेरिकी सरकारबीच सम्झौता गर्न खोजिएको स्टेट पार्टनरसीप प्रोग्राम (SPP) नामको दश बुँदे सम्झौता पत्र सार्वजनिक भएसगँ उठेको तरङ्ग र सम्झौताको विषयवस्तु प्रति राष्ट्रिय जनमुक्ति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

असंलग्न परराष्ट्र नीतिको वर्खिलाप भएको भन्दै नेपाली सेनालाई कथित सहकार्यको नाममा अनन्तकालसम्म शक्ति राष्ट्र अमेरिका नियन्त्रित सैन्य दस्ता बनाउने र नेपाली भूभागमा अमेरिकी सैन्य गतिविधि खुल्ला गर्ने जस्ता दीर्घकालिन रणनीतिक योजना अन्तर्गतको उक्त सम्भौता कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने राष्ट्रिय जनमुक्ति पार्टीको ठहर रहेको उल्लेख छ ।

पार्टीले MCC सम्झौता खारेजीका साथै अमेरिकी सरकारको तर्फबाट प्रस्तुत दश बुँदे सैन्य सम्झौता प्रस्ताव (SPP) विरुद्ध सबै राष्ट्रवादी, देशभक्त शक्तिहरुका साथै संगठित भएर जनस्तरबाट समेत व्यापक रूपमा यसको विरुद्ध खबरदारी गरिनुपर्ने उल्लेख छ ।बिज्ञप्तिमा नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाको आसन्न अमेरिका भ्रमणमा यो स्टेट पार्टनरसीप प्रोग्राम (SPP) मा सहमति र हस्ताक्षर हुने छैन भनी देश र जनतालाई विश्वस्त गराउन समेत राष्ट्रिय जनमुक्ति पार्टीले जोडदार माग गरेको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !