धरान । ग्यालेक्सी टेलिभिजन चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफू आबद्ध रहेकोे ग्यालेक्सी फोर के टेलिभिजन छोडेका छन् ।
बिहीवार उनले राजनीतिमा प्रवेश गर्ने भन्दै आजकै मितिबाट टेलिभिजनसँगको आबद्धता तोडेका जनाएको छ । रबि लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रममार्फत जनताका समस्याको बिषयमा आवाज उठाउदै आएका छन । ग्यालेक्सीको कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा लामिछानेले अब जनताको समस्या समाधान गर्न चाहेको बताएका छन् ।
राजनीतिमा आउने भनिएतापनि कुन पार्टीमा आउने भने खुलेको छैन । स्थानीय चुनाबमा स्वतन्त्र उम्मेदवारलाई नेपाली जनताले साथ पाएकोदेखि उनि पनि स्वतन्त्र उम्मेदवार हिने होकि भन्ने अनुमान गरिएको छ । उनले नयाँ पार्टी खोल्छन् वा स्वतन्त्र उम्मेदवारी दिन्छन् भन्ने खुलेको छैन। लामिछानेले यस अघी नै काठमाडौंकोबाट संघीय निर्वाचनमा लड्ने तयारी चर्चा भैसकेको छ ।उनि काठमाडौं ४ बाट उम्मेदवार दिने चर्चामा छ । काठमाडौ क्षेत्र नम्बर ४ मा नेपाली काङ्ग्रेसका गगन थापाले जितेका हुन । यदि उनि ४ बाट नै उम्मेदवार बने गगन थापासँग प्रतिस्पर्धा हुनेछ ।
Discussion about this post