पत्रकारमाथि मेयर बालेन साहले गरेको दुव्र्यवहार प्रति पत्रकार महासंघको ध्यानाकर्षण

काठमाडौ । काठमाडौ महानगरपालिकाका मेयर बालेन साहले हिमालय टेलिभिजनमा कार्यरत पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अग्भिट लामालाई दुव्र्यवहार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरिद्वारा बुधबार हस्ताक्षरित प्रेस बिज्ञप्ति जारि गर्दै समाचार संकलनका लागि टेकुस्थित वातावरण विभाग पुगेका दुईजना पत्रकारलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले दुव्र्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

बिज्ञप्तिमा स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उल्लेख छ ।
महासंघ संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहोन्याउन भन्दै मेयर साहलाई ध्यानाकर्षण गराएको छ ।

पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अग्भिट लामा महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थावारे समाचार संकलनका लागि बुधबार दिउसो १:०० बजे त्यहाँ पुगेका थिए ।पत्रकारद्वयलाई एक्कासि विभाग आइपुगेका प्रमुख साहले हिमालय टेलिभिजनको बुम र क्यामेरा देख्नेवित्तिकै दुव्र्व्यवहार गर्दै खिचिएका सामग्रीसमेत मेटाउन लगाएका थिए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !