अक्खारिका लिपि प्रशिक्षण सम्पन्न

धरान । मगर समुदायको १३ दिने अक्खारिका लिपि प्रशिक्षण कार्यक्रम धरानमा सम्पन्न भएको छ ।

आर्थिक वर्ष  २०७८/७९ को लक्षित बर्गको लागि धरान उपमहानगरले विनियोजन गरिएको  बजेटबाट नेपाल मगर संघ धरानले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रम धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङ प्रमुख अतिथि र उपमेयर आइन्द्र बिक्रम बेघाको बिषेश आतिथ्यमा सम्पन्न भएको हो । किरात राई यायोक्खाको भवनमा सम्पन्न सो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ धरान नगर समन्वय परिषदका अध्यक्ष सुबासचन्द्र हुक्पा चोङ्बाङ बिशेष अतिथि रहेका थिए ।

अक्खारिका लिपि प्रशिक्षण २०७९ बैशाख २ देखि १५ गतेसम्म चार समुहमा विभाजन गरेर प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा ३९ जना महिला सहित ६५ जना सहभागी रहेका थिए । प्रशिक्षार्थीहरुमा ११ जना गैर मगर समुदायका सहभागी थिए । प्रशिक्षणका क्रममा धरान १९ को किरातेश्वर मा. बि. मा सम्पन्न समूह “क” मा धरान १९ निवासी खुशि थापा मगर, धरान १७ को पन्चकन्या मा. बि. मा सम्पन्न समूह “ख” मा धरान १७ निवासी सुस्मा थापा मगर उत्कृष्ट हुन सफल भएका थिए । त्यसैगरी धरान १३ को अमर आधारभूत बिधालयमा सम्पन्न समूह “ग” मा धरान १६ निवासी प्रकाशकला राई र धरान १८ को जेम सेकेण्डरी बोर्डिङ स्कुलमा सम्पन्न समूह “घ” मा धरान ११ निवासी स्वस्तिका मगर एवम सोनिका मगर समूह उत्कृष्ट हुन सफल भएका थिए । प्रत्येक समुहलाई ७ दिनको दरले प्रमुख प्रशिक्षक लीला राना मगरको सहजीकरणमा प्रशिक्षण दिएका  थिए ।

नेपाल मगर संघ धरान नगर समितिका सदस्य बिनोद आले मगरद्वारा संचालित कार्यक्रममा प्रमुख प्रशिक्षक लीला राना मगरले स्वागत मन्तव्य गर्दै संघका अध्यक्ष चित्रराज थापा मगरको अध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भएको थियो ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !