धरानका मेयरलाई प्रवोध साप्ताहिकको १३ बुँदे  माग

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङ समक्ष धरानबाट प्रकाशित हुने रंगीन साप्ताहिक पत्रीका प्रवोध साप्ताहिकले १३ बुँदे माग पेश गरिएको छ ।

प्रबोध साप्ताहिकका सम्पादक लम्जेल संघर्षशिलले आफ्नो माग सबै पत्रकार तथा मिडिया हाउसको हितको लागि भएको भन्दै २८ गते मेयर समक्ष बुझाएको जानकारी दिए ।
यस्तो छ १३ बुँदे माग :

श्री नगर प्रमुख ज्यू
धरान उपमहानगरपालिका कार्यलय
धरान–१२, सुनसरी ।

               बिषयः पत्रकारिताको विकासमा स्थानीय सरकारको भूमिका सम्बन्धमा ।

उपर्युक्त सम्बन्धमा यस उपमहानगरपालिका क्षेत्र भित्र कार्यलय र दर्ता प्रक्रियामा रही हाल नियमित रुपमा सञ्चालन भई रहेका पत्रपत्रिका, रेडियो, अनलाइन, टेलिभिजन, साहित्यिक पत्रपत्रिका लगायतका सञ्चार माध्यम र पत्रकारहरुको संरक्षण, विकास, सम्बन्धको विकास, जनताप्रति उत्तरदायी बनाउन स्थानीय सरकारले नीति , नियम बनाई कार्यन्वयन गर्न अनुरोधसहित निम्न मागहरु यस पत्र मार्फत पेश गरिएको छ ।

मागहरुः
१. उपमहानगर र वडा कार्यलयहरुमा यस उपमहानगरपालिका भित्रबाट सञ्चालित सबै सञ्चार माध्यम र पत्रकारहरुको विस्तृत विवरण अभिलेखिकरण गरी राखियोस ।
२. हरेक महिना कसैलाई काखा, कसैलाई पाखा नपारी पत्रकार,र पत्रकारिता क्षेत्रसँग राम्रो सम्बन्ध कायम गर्न  अन्तर्कृया, छलफल, सम्वाद, अवस्था बारेमा जानकारी लिने व्यवस्था गरियोस । साथै नगर र वडाहरुका अवस्था जानकारी गराइयोस ।
३. नगर र वडाहरुका हरेक औपचारिक कार्यक्रमहरुमा सबै सञ्चार माध्यामलाई औपाचारिक रुपमा नै अनिवार्य पत्रचार गर्ने वा समयमा नै जिम्मेवार तरिकाले सम्पर्क गर्ने, गराउने कार्य अविलम्व व्यवस्था गरियोस ।
४. उत्पादित, सम्प्रेसित तथा प्रसारित सञ्चार माध्यामहरुको चुस्त, दुरुस्त रुपमा अभिलेखीकरण गर्न र जनतालाई समेत कार्यलयमा उपस्थिति हुँदा सहज रुपमा पढन, हेन, सुन्न पाउने व्यवस्था गरियोस ।
५. समान रुपमा नगरभित्रका सबै सञ्चार माध्यमहरुमा नगर तथा वडाका हरेक गतिविधिहरु प्रकाशन तथा प्रसारण गर्ने व्यवस्था गरियोस ।
६ व्यक्तिगत फेसबुक प्रयोगको सट्टा नगर, वडाबासीहरुलाई नगरभित्रका सञ्चार माध्यमहरुबाट नगर वा वडाका सुचना, गतिविधि थाहा पाउने अवधारणाको विकास गरियोस ।
७.नगरभित्रका सञ्चार माध्यमहरुको विकासको सट्टा नगर बाहिरका सञ्चार माध्यमको विकास गर्ने मनोसय , सम्बन्धको अन्त्य गरियोस ।
८. नगर भित्रका नेपाली पत्रकारिताको जेठो पत्रकारिता साहित्यिक पत्रपत्रिकालाई नगर र सबै वडाहरुबाट प्रकाशन तथा प्रसारणको लागि अनुदान, जनहितका सुचनाको व्यवस्था गरियोस ।
९. नेपाली समाजमा सदियौंदेखि उत्पीडनमा पारिएका श्रमिक वर्ग(दलित), महिलाले सञ्चालन गरेका सञ्चार माध्यमको लागि कर–राजश्वको पूर्ण छुट, विशेष अनुदान, यी समुदायका पत्रकारहरुको लागि स्वास्थ्य उपचार, आवास सुविधा, सञ्चार सामाग्रीको व्यवस्था, दक्षताका लागि विशेष तालिमको व्यवस्था, प्रोत्साहन भत्ता र पुरस्कार लगायत नगर र सबै वडाहरुबबाट व्यवस्था गरियोस ।
१०. दीर्घरोगी पत्रकारको नगर र सबै वडाहरुमा विस्तृत विवरण राखी औषधी–उपचार खर्च, जीवन निर्वाह भत्ता, प्रोत्साहन भत्ता तथा पुरस्कार, स्वास्थ्य संस्थाहरुमा प्रथामिकतामा सहज, छिटोछरितो, निर्वाध रुपमा उपचार, परामर्श लिने सुविधाको व्यवस्था गरियोस । साथै नगरभित्रका पत्रकारको मुटु, मृगौंला, क्यान्सर, कलेजो लगायत महंगो र जटिल प्रकृतिका उपचार गराउनु परेमा पूर्ण उपचारको व्यवस्था गरियोस । मुटु, मृगौला, कलेजो प्रत्यरोपण, अप्रेशन गरेका पत्रकारहरुको पहिचान हुने र भईपरी आएको बखत सहज रुपमा अस्पतालसम्म तत्काल पु¥याउन सकिने व्यवस्था गरियोस ।
११. नगरभित्रबाट नियमित प्रकाशित, प्रसारित, सम्प्रेसित सबै सञ्चार माध्यमहरुले नगर र सबै वडाहरुबाट समानुपातिक रुपमा मासिक भुक्तानी हुने गरी अनुदान, जनहितमा जारी गर्र्ने सुचना, विशेष सुचना, गतिविधि लगायत व्यवस्था गरियोस । जसमा चाड पर्व वा मौसमी रुपमा विज्ञापन केन्द्रित भएर प्रकाशित, प्रसारित, सम्प्रेसित हुने सञ्चार माध्यमहरुलाई सामेल नगराईयोस । बजार र जनताको घरसम्म सञ्चार माध्यम पुग्ने, नपुग्ने स्थिति समेत सुक्ष्म निगारानी गरियोस ।
१२. नगर भित्र रहेर कम्तीमा ३० बर्ष निरन्तर पत्रकारिता गरेका ६० बर्षमाथिका जेष्ठ पत्रकारहरुलाई ‘जेष्ठ नागरिक पत्रकारिता जीवन निर्वाह भत्ता’को व्यवस्था गरियोस । उनीहरुको स्वस्थ्य उपचार, आवास र आफन्तविहिन भएमा आवास र स्याहार समेत व्यवस्था राखियोस ।
१३. नगर भित्र पत्रकारको पूर्ण रुपमा सुरक्षाको ग्यारेन्टी गरियोस । नगर भित्रका सबै पत्रकारको जीवन सुरक्षा विमा, भईपरी र भवितव्य आई परेमा परिवारलाई क्षति पूर्ति र परिवारका एक सदस्यलाई रोजगारी सिर्जना गर्ने व्यवस्था गरियोस । अनपेक्षित रुपमा मन लागेमा पत्रकार बन्ने नत्र तथस्ट रहने, दोहोरो, तेहोरो लाभको भूमिकामा रहेको अवश्था आएमा माथिका सबै व्यवस्था, सेवा, सुविधा नपाउने र लागू नहुने नीतिको समेत व्यवस्था गरियोस ।

बोधर्थः
१. नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समिति ।
२. नेपाल पत्रकार महासंघ शाखा सुनसरी ।
३. नेपाल साहित्यिक पत्रकार सङघ एक नम्बर प्रदेश समिति ।
४. क्रियाशील महिला पत्रकार, सुनसरी ।
५. राष्ट्रिय दलित पत्रकार संघ, सुनसरी

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !