सुबास नेम्बाङको निर्वाचन क्षेत्रबाट रिपल राई जनता समाजवादीबाट आगामी चुनावमा उठ्ने

काठमाडौ । जनता समाजवादी पार्टीका सक्रिय कार्यकर्ता रिपल राईले आगामी आम निर्वाचनमा एमालेका नेता सुबासचन्द्र नेम्बाङको निर्वाचन क्षेत्र इलामबाट उम्मेदवार दिने तयारी गरेको छ ।

रिपल राईले काठमाडौमा चिसेफायुसंगको भेटमा आगामी आम निर्वाचनमा आफु जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बन्ने इच्छासंगै तयारी रहेको बताए । यस अघि स्वतन्त्र उम्मेदवारहरुको चर्चा भैरहेकोबेला रिपल राईले पनि पार्टीबाट उम्मेदवार बन्ने इच्छासंगै तयारी भएको र उम्मेदवारीको दाबि गरिएको छ । उनले आफुले उम्मेदवार बन्नको कारण देशमा युवा नेतृत्वको आवस्यकताको रहेको दाबि गरे । गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनले युवा पिडिको माग जनता भएको दाबि गरे । उनले नयाँ पिडिले समय सापेक्ष अनुसार नेतृत्व लिन आवस्यक भएको बताए । पार्टीमा आफुले गरेको योगदान तथा त्यहि योगदानको आधारमा जिल्लाबासिको माग समेत भएकोले पनि आफु उम्मेदवारको दाबि रहेको बताए । राईले इलाम जिल्लाको निर्वाचन क्षेत्रमा बिपक्षी पार्टीबाट पनि साथ दिने आश्वासन भएकोले आगामी निर्वाचनमा उम्मेदवारी दिने बताए । उनले युवा पुस्ता अव राजनीतिक क्षेत्रमा लाग्न प्रेरित  गर्न आवस्यक भएको बताए । युवा पिढिलाई हालसम्म आफ्नो पार्टी लगायत अन्य पार्टीमा पनि बृद्ध नेताले जहिले पनि स्थान ओगटेर बसिरहेका अवस्थामा अव देश बनाउने जिम्मा युवा पिडिको हातमा सुम्पनुपर्ने जिकिर गरे ।इलाम जिल्लाको निर्वाचन क्षेत्रबाट एमालेका सुबास नेम्बाङले जितेर गएपछि जिल्ला नफर्किने अवस्थाले जिल्लाबासिमा असन्तुष्ट रहेको पनि दाबि गरे । उनले नेम्बाङले काठमाडौ बसेर पनि जिल्लाको लागि कुनै बिकास निर्माणको पहल नगरेको आरोप लगाए ।

इलाम जिल्ला क्षेत्र नम्बर २ मा प्रदेश सभा सदस्यको निर्वाचन (क) र (ख ) छुट्याएको छ ।  प्रतिनिधि सभाको लागि सुबास चन्द्र  नेम्वाङले जितेका छन भने प्रदेश सभामा ओवादीबाट धिरेन शर्मा खिनु लवान लिम्बु एमालेबाट छ ।

यस निर्वाचन क्षेत्रमा ३ वटा नगरपालिका र ३ गाउँपालिका रहेका छन ।गत बैशाख ३० गते सम्पन्न स्थानीय चुनाबमा माङ्सेबुङ गाउँपालिमा उपाध्यक्ष जसपाले जितेको छ ।जुन रिपल राईको आफु रहेको गाउँपालिका हो ।त्यसैगरी  सन्दक्फुबाट १ जना वडा अध्यक्ष जसपाले जितेको छ । त्यसैगरी वडा सदस्य
चार जना जितेका छन ।

रिपल राईको राजनीतिक यात्रा तत्कालीन संघीय लोकतान्त्रिक राष्ट्रिय मंचबाट शुरु भएको हो ।सो पार्टीबाट जिल्ला महिला अध्यक्ष हुदै पार्टी जिल्ला उपाध्यक्ष कार्यवाहक अध्यक्ष हुदै अध्यक्ष भएर  जिल्लाको अधिवेशन गरेपछि २०७४ बाट तत्कालीन संघीय समाजवादी फोरम नेपालमा विभिन्न जिल्ला सहितका टिम पार्टी प्रवेश गरेका हुन ।

संघीय समाजवादी फोरम नेपाल लिम्बुवान प्रदेश समिति हुँदै लिम्बुवान राष्ट्रिय समिति सचिवालय सदस्य हुँदै समाजवादी महिला फोरम लिम्बुवान प्रदेश समिति सचीव हुँदै  हाल गैर भौगोलिक विशेष प्रदेश समिति तथा  संघीय परिषद सदस्यको जिम्मेवारीमा छ ।उनलाई अघिल्लो आम निर्वाचनमा समानुपातिक तर्फको बन्द सुचिमा पार्टीले राखेका थिए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !