काठमाडौमा भुकम्प

काठमाडौ । अहिले भरखरै काठमाडौमा भुकम्प गएको छ । अहिले बिहान २ बजेर ३६ मिनेट जाँदा भुकम्प गएको छ ।शनिबार बिहान २ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको कुरा खानि तथा भु गर्भ विभाग राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । प्रारम्भिक मूल्याङ्कनले भूकम्पको केन्द्रबिन्दु काठमाडौं उपत्यकाको पूर्वमा भक्तपुर जिल्लाको चाँगुनारायण मन्दिर वरपर रहेको देखाएको छ । एमएमआई III-IV तीव्रताको भूकम्पको धक्का काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाका जनताले पाएको छ । काठमाडौं उपत्यकाभर भूकम्पको धक्का महशुस गरिएको थियो जसका कारण मानिसहरु निद्राबाट ब्यूँझिएका थिए । भूकम्प १८ किलोमिटर गहिराइमा गएको जनाएको छ ।भुकम्प धक्का पुर्वमा पनि महसुस गरिएको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !