तिन महिनाभित्र इमेल ईन्टरनेट चल्ने संचार,सामाजिक सुरक्षा भत्ता वडाबाट ब्याबस्थापन गर्छु – भोटखोला अध्यक्ष(भिडियो अन्तर्वार्ता सहित )

बिस्तृत अन्तरवार्ताको लागि भिडियो हेर्नुहोस :

धरान । संखुवासभा जिल्लाको शिङ्सा क्षेत्र भोटखोला गाउँपालिकाका नव निर्वाचित अध्यक्ष (प्रमुख ) वाङछेदर लामाले आगामी तिन महिना भित्र संचारलाई ब्यबस्थापन गर्दै इमेल ईन्टरनेट चल्नेगरिको सुबिधा बनाउने पहिलो प्राथमिकता रहेको बताए ।

अध्यक्ष वाङछेदरले चिसेफायु अनलाइन टिभिमेरो आवाज मिडियालाई दिएको अन्तर्वार्तामा यस्तो प्रतिबद्धता जनाएको हो । उनले बैकसंग समन्वय गरेर सामाजिक सुरक्षा भत्ता वडाबाट बितरण गर्न आगामी तिन महिना भित्र ब्याबस्थापन गर्ने बताए । अध्यक्ष वाङछेदरले गाउँपालिका कार्यालय हटियासम्मा खाँदबारिदेखि गाडिपुग्नेसम्म लागिपर्ने बताए । त्यसैगरी आगामी हिँदसम्म वडा नम्बार २ च्याम्ताङसम्म गाडि सहज रुपमा पुर्‍याउने प्रतिबद्धता जनाए ।

आफुले पाउने बैठक भत्ता भोटखोला २ छुमसुरका जेन्जेन नाबाको बालबच्चाको शिक्षाको लागि प्रदान गर्ने बताए । जेन्जेनको श्रीमती भिरबाट लडि मृत्युु भएकोले उनका बालबच्चा आमा बिहिन भएका छन । उनले चुनाबमा आफुले लिखित कुनै प्रतिबद्धता नगरेको जिकिर गरे । उनले गाउँपालिकामा आगामी दिनमा तिन वटा कुरा गर्ने बताए । पहिलो कुरा शुसान दोस्रो बित्तीय श्रोत र तेस्रो सरकारि सेवा स्थानीय स्तरमा सहज रुपमा प्रदान गर्ने बताए ।

मातृभाषा सरकारि कामकाजिको भाषा र सम्भोटा लिपि वडा र गाउँपालिकाको बोर्ड र लेटरप्याडमा राख्ने सम्बन्धमा सोधिएको प्रश्नमा त्यो पनि छलफलबाट गर्ने बताए । नेपाली भाषा सम्पर्क भाषा भएको भन्दै लोप हुन लागेको मातृभाषा कामकाजिको भाषामा लान सकिने बताए । त्यसैगरी आफु पनि लुम्बिनी बिश्व बिद्यालयको विद्यार्थी रहेको भन्दै आधारभुत बिद्यालयमा सम्भोटा लिपिको अध्यन अध्यापन गराउने बताए ।

हाल भौगोलिक रुपमा सिङ्गो गाबिस वडा नम्बर २ रहेको भन्दै जनसंख्याको आधार मात्र होइन भुगोलको आधारमा पनि वडा विभाजन गर्नुपर्ने भन्दै बिज्ञको सल्लाह अनुसार वडा विभाजनको लागि पहल गर्ने बताए ।

उपाध्यक्ष सहाना लामाले त्यस क्षेत्रमा रहेका स्थानीय महिला बालबालिकाहरुको शिक्षा स्वास्थ शसक्तिकरणको लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !