भोटखोलामा मान्छेलाई भालुले टोक्यो

धरान । संखुवासभा जिल्लाको चिन सिमा नजिक शिङ्सा क्षेत्र भोटखोलामा एकजनालाई भालुले आक्रमण गरि घाइते बनाएको छ ।

भोटखोला गाउँपालिका वडा नम्बर २ गुठिगुम्बा बस्ने प्रमुख लामाका श्रीमती थोङ्ज्युलाई आइतबार बिहान करिब ८ बजे आक्रमण भएको कुरा भोटखोला गाउँपालिकाका प्रमुख वाङछेदर लामाले जानकारी दिए । हराएको गोरु खोज्न जाने क्रममा उनिमाथि भालुले आक्रमण गरेको कुरा प्रमुख वाङछेदरले जानकारी दिए ।

घाइते थोङ्ज्युङको स्थानीय स्वास्थ्य चौकि लिङममा उपचार भैरहेको छ । हाल उनि खतरा मुक्त भएको बताए । उनको उपचारको लागि गाउँपालिका संपुर्ण खर्च ब्यहोर्ने कुरा भोटखोला गाउँपालिकाका प्रमुख वाङछेदरले बताए । थप उपचार गर्न हेलि सहितको ब्याबस्था गर्नुपर्ने अवस्था भए गाउँपालिकाले खर्च ब्यहोर्ने भनेको छु प्रमुख वाङ्छेदरले बताए । उनले यस घटनाको जानकारि मकालु बरुण राष्ट्रिय निकुञ्जका वार्डेनलाई गरिसकेको बताए । उनले वार्डेनलाई घटनाको मुचुल्का गरि आवस्यक उपचार तथा क्षतिपूर्ति दिनको लागि फोन मार्फत कुरा गरेको बताए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !