जातिय विभेद तथा छुवाछूत उन्मुलन दिवस, मेयर हर्क साङ्पाङ अनुपस्थित हुँदा आक्रोश

भिडियो :

धरान । संपुर्ण उत्पीडित दलित शिल्पि एक होऔ भन्ने नाराकासाथ धरानमा १७ औ जातिय विभेद तथा छुवाछूत उन्मुलन दिवस मनाएको छ ।

धरानको लोकतान्त्रिक चौतारीमा एक कार्यक्रमका बिच भएको सम्पन्न भएको छ। धरानका मेयर तथा उपमेयर दुबै जनाको उपस्थितिमा हुने भनिएको कार्यक्रममा मेयर हर्क साङ्पाङको भने अनुपस्थित रहे । नेपाल दलित संघ,नेपाल दलित मुक्ति मोर्चा र समाजवादी दलित शिल्पि महासंघले संयुक्त रुपमा आयोजना गरेका थिए ।

मेयर हर्क साङ्पाङलाई स्वयं मैले नै निमन्त्रणा गरे तर मोबाईल स्वीच अफ गरेर बसेको छ – दलमर्दन कामिको आक्रोश थिए। उनि आफै सडक आन्दोलनबाट मेयर बनेको प्रसंग उल्लेख गर्दै दलितले आयोजना गरेको कार्यक्रममा न आएर दलितलाई बेवास्ता गरेको आरोप लगाए । आफु काठमाडौबाट आएको भन्दै आफ्नै मित्र समेत भएर दलितको मुद्दामा अनुपस्थित भएको दुखेसो पोखे ।

उपमेयर आईन्द्र बिक्रम बेघाले संविधानमा नै मौलिक हकमा छुवाछूत जातिय विभेदको अन्त भएको लेख्न सफल भएको बताए ।उनले सामन्तबाद राजतन्त्रलाई फालेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै वर्तमान संविधानमा सबै जातजाति भाषाभाषि समान रहेको उल्लेख गरे।तर संविधान कार्यान्वयनको बिषयसंग केहि कुरा जोडिएको बताए । संविधानमा लेखिए पनि सहि नेतृत्व नहुदा कार्यान्वयनमा समस्या भएको बताए । जसका लागि सहि नेतृत्व चयन भएर सहि ठाउँमा पुग्ने हो भने त्यसले सार्थकता पाउने बताए ।उनले आगामि दिन दलित समुदाय लगायतको संस्कार संस्कृतिसंग जोडिने आश्वासन दिए । आगामी दिनमा बिगतका कमजोरीलाई सच्याउदै नयाँ ढंगले जाने बताए ।

जनता समाजवादी पार्टीको नगर अध्यक्ष ताजुप लिम्बुले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा दलितको ठुलो हात रहेको बताए । जसमा सेतु बिक पनि एक भएको बताए । तर सेतु बिकको सालिक भत्काएको भन्दै साम्प्रदायिक दंगा निम्त्याउन कुचेष्टा गरेको आरोप लगाए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा रुकुममा जस्तो घटना भैरहेको बताए । आगामी दिनमा बिरोधको कुरा नराखि खुशिको कुराको गरेर छुवाछूत उन्मुलन दिवस मनाउन पाउने

नेकपा एमाले धरान नगर उपाध्यक्ष पारस काङ्माङ कम्युनिस्टले भन्ने गरेको बर्ग धनि र गरिबको मात्र परिभाषा रहेको भन्दै वास्तविकता जातिय समुह पनि रहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र आईसक्दा पनि दलितमा छुवाछूत र विभेद रहेको बताए । जसका लागि दलबाट नै सच्चिन आवस्यक रहेको बताए ।

भबिन्द्र बिश्वकर्मा दलित अधिकारकर्मि राज्यले नै जातिय भेदभाव दिवस गर्नुपर्ने हो तर राज्य नै यस्तो कार्यक्रम नगरि दलितका बिभिन्न भातृसंगठनले गर्नुपर्ने बाध्यता रहेको दुखेसो पोखे। बर्तमान सरकारले निति तथा कार्यक्रम र बजेटमा पनि दलितको कुरा नपरेको बताए । यसरी बेवास्ता गरिएको निति तथा कार्यक्रमको बिरोध रहेको बताए । संबैधानिक प्रदत्तमा फितलो रहेकोमा हाम्रो आपत्ति रहेको बताए ।

संघीय दलित मुक्ति मोर्चाका अध्यक्ष रमेश गजमेरले राज्यसंग गालि गर्दा आफु थाकेको बताए । दलित मुक्तिको लागि कहिलेसम्म एक होऔ भनिरहने प्रश्न राखे । कार्यक्रममा धरानका लागि किशोर परियार सहितले बजेट के गरिरहेको छ त्यो खुलस्त हुनुपर्ने भन्दै उनिहरु कता गए भनेर खोजि गरे । अव सेतु बिकको शालिक फुटाउने सहितलाई कि टाउको फुटाईमाग्नुपर्छ होइन भनि आफु मात्र एक्लो आएर परिवार समेत ल्याएर न आएको बताए । आफु आजको दिन जातिय विभेद उन्मुलन दिवस नभै कालो दिनको रुपमा मनाउने बताए ।

नेपाल दलित मुक्ति मोर्चा केन्द्रिय सदस्य दिलबहादुर राम्दामले राजाकै पालामा छुवाछूत मुक्त भनेर ऐन लेखिए पनि त्यो ब्याबहारमा लागु नभएको बताए । बिभिन्न कालखण्डमा ऐन नियम लेखिए पनि कार्यान्वयन भएन भने त्यसको अर्थ नहुने उनले दाबि गरे ।लेखेपछि सबै हुन्छ भन्ने भरोसामा रहेकोमा तर चिन्तन नभएकोले त्यो नहुने रहेको बताए ।

कार्यक्रम नेपाल दलित संघ प्रदेश १ सदस्य बिजय अछामिको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्ने अधिकांशले आगामी कार्यक्रम स्थानीय सरकार धरान उपमहानगरपालिकाले आयोजना गर्नुपर्ने धारणा राखेका थिए ।      २१ जेठ २०६३ मा संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि यो दिवस मनाउन शुरु गरिएको हो ।२१ जेठ २०६३ मा संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि यो दिवस मनाउन शुरु गरिएको हो । नेपालमा २०६३ साल जेठ २१ गते संसदबाट जातिय विभेद तथा छुवाछूत मुक्त दिवस घोषणा गरि २०६८ सालबाट मनाउन शुरु भएको हो ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !