धरानमा कबड्डि हेर्नेको भिड

धरान । रामबाबु गुरुङद्वारा निर्देशित नेपाली चलचित्र कबडि-४ देश्ब्यापि रिलिज भएसंगै धरानको गणेश टाकिज हलमा पनि लागेको छ । चर्चामा रहेको चलचित्रले धरानमा राम्रो बजार लिएको छ ।

आइतबार धरानको गणेश टाकिज हलमा दशकको भिड लागेको छ । टिकटको लागि टिकट काउन्टरदेखि गेट बाहिसम्म लाम लागेको छ। नेपाली चलचित्र हेर्ने दर्शक कम भैरहेको बेला कबडिले दर्शक तानेको देखिन्छ । नेपाली चलचित्रको एउटा बजार गणेश टाकिज हो । गणेश टाकिजमा लागेको कबडि हेर्नेको भिडले चलचित्र राम्रो छ भन्ने पक्कै प्रमाणित गर्छ ।कोरोनाले थलिएको नेपाली चलचित्र जगतमा कबडिको यात्राले नेपाली चलचित्रको लगानी कर्तालाई थप उर्जा मिलेको हुनसक्छ । साथै नेपाली दर्शकमा नेपाली चलचित्र प्रतिको माया मोह पक्कै पलाउनेछ ।

कबडिको तेस्रो शृङ्खला यस अघि सफल भैसकेको छ । सिरिज चलचित्र ‘कबड्डी’को चौथो श्रृङ्खलाको छायांकन मुस्ताङमा भएको हो।

मणिराम पोखरेल निर्माता रहेको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्दि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेका छन ।

निर्देशक गुरुङले  यो चलचित्रलाई ‘कबड्डी ४’ सिरिजको फाइनल गेम भनेका छन् । ‘कबड्डी’का अघिल्ला तीनवटा सिरिज ब्लकबस्टर भएका थिए । चलचित्रमा विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलको लगानी छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !