शिल्पी साँस्कृतिक संग्रहालय स्थापना गर्न प्रदेश १ मा माग

बिराटनगर । जनता समाजवादी पार्टी नेपाल,शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिले ऐतिहासिक श्रमजीवि वर्ग,शिल्पी समूदायकाे परम्परागत शिल्पकला, सँस्कृतिकाे संरक्षण र प्रवर्द्धन गर्न भू-स्वामित्व सहितकाे शिल्पी साँस्कृतिक संग्रहालय स्थापना गर्न प्रदेश १ सरकारसंग माग गरेकाे छ ।

विहिवार प्रदेश १ का मुख्यमन्त्री माननीय राजेन्द्रकुमार राईलाई उनकाे कार्यकक्षमा भेटगरि साे कुराकाे माग गरिएकाे हाे । शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा प्रदेश १ काे मन्त्रीपरिषद शिल्पी/दलित समूदायकाे प्रतिशतका अाधारमा बनाईनु पर्ने वा हाललाई कम्तिमा १ जना प्रतिनिधित्व गराईनु पर्ने, सर्वाधिकार सम्पन्न शिल्पी/दलित विकास समिति गठन गरिनु पर्ने,प्रदेश याेजना अायाेग लगायत सरकारद्वारा गरिने राजनीतिक नियुक्तिहरु समानुपातिक,समावेशी सिद्धान्तका अाधारमा गरिनु पर्ने,अति विपन्न शिल्पी/दलित भूमिहिन,अव्यवस्थित बसाेवासी तथा सुकुम्बासीहरुकाे गाँस,बास,कपास र राेजगारीकाे ब्यवस्था गरिनु पर्ने,शिल्प सम्बन्धि पेशा ब्यवसायलाई संरक्षण,प्रवर्द्धन,बजार ब्यवस्थापन तथा विशेष अनुदानकाे ब्यवस्था मिलाईनु पर्ने, शिल्पी/दलितका छाेराछाेरीहरुलाई छात्रवृत्ति सहित उच्च शिक्षासम्म नि:शुल्क शिक्षा प्रदान गरिनु पर्ने,स्वास्थ्य उपचारका लागि निश:शुल्क स्वास्थ्य विमा गरिनु पर्ने,अन्तरजातीय विवाह गर्ने जाेडीलाई प्राेत्साहन र ब्यवस्थापन गर्न तीनलाख रुपैयाँ प्रदान गरिनु पर्ने,वैदेशिक राेजगारमा जान चाहने शिल्पी/दलित युवाहरुलाई विना धिताे ऋण उपलब्ध गराईनु पर्ने,छिन्ताङ काण्ड लगायत प्रदेश १ का विभिन्न स्थान र समयमा समाज रुपान्तरणका लागि प्राणकाे अाहुती दिने शहिदकाे सम्मान र उनीहरुकाे परिवारकाे ब्यवस्थापन गरिनु पर्ने,तथाकथित दलित समूदायलाई ऐतिहासिक पहिचानका अाधारमा शिल्पी पहिचान स्थापित गराईनु पर्ने लगायत १५ बुँदे मागहरु राखिएका छन् । ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री राईले यी विषयहरुलाई अाफुले गम्भीर रुपमा लिएकाे र यी मागहरुमाथि छलफल गरि कार्य प्रारम्भ गर्ने बताए । ध्यानाकर्षण पत्र बुझाउन जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामी,साेही समितिका प्रदेश १ अध्यक्ष नरेश विश्वकर्मा क्षितिज,सचिव शशीकुमार विश्वकर्मा लगायत नेता कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !