गठबन्धनलाई हराउदै भोट्खोला गाउँपालिकामा एमालेको बिजय

धरान ।संखुवासभा जिल्लाको चिनसंग जोडिएको उत्तरी शिङ्सा क्षेत्र भोटखोलामा एमालेको बिजय भएको छ ।

निर्वाचन आयोगको अन्तिम मत परिणाम अनुसार खसेको मत ५२९० मध्ये नेकपा एमालेका वाङछेदर लामाले १८०३ मत ल्याई बिजय भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन कलम चिन्हका चुङ्दाक भोटेले १४१६ मत ल्याएका थिए । उप प्रमुखमा एमालेका सहाना लामाले १३६८ मत ल्याई बिजय भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन रुख चिन्हका डुक्पा भोटेले १२०९ मत ल्याएका थिए । छाता चिन्ह जनता समाजवादीका उम्मेदवार जम्लिङ भोटेले ७१ मत ल्याएका छन ।

पछिल्लो मत परिणाम अनुसार वडा नम्बर २ को ७८८ खसेको मतबाट एमाले जिप्पा तेन्जिङ भोटेले ३९४ मत ल्याई बिजय भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसको वाङ्डुक लामाले ३८४ मत ल्याएका छन ।वडा नम्बर ३ मा ६९५ खसेको मतमा एमालेका पासाङ भोटेले ३४३ मत ल्याई बिजय भएको छ । उनका निकटतम काङ्ग्रेसको छिरिपासाङले ३३८ मत ल्याएका छन । छाता चिन्हबाट सुन्भ भोटेले १४ मत ल्याएका थिए ।त्यसैगरी वडा नम्बर ४ मा ९०५ खसेको मतबाट एमालेका बिकास तामाङले ५४० मत ल्याई बिजय भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका छेरुक भोटेले कलम चिन्हबाट ३४१ र छाता चिन्ह तेम्बा भोटेले २४ मत पाएका छ्न । वडा नम्बर ५ मा ७५१ खसेको मत मध्ये बालकुमार राईले ४४१ मत ल्याई एमालेबाट बिजय भएको छ । उनका निकटतम माओवादीका अण्ठबहादुर राईले ३१० मत प्राप्त गरेको छ ।वडा नम्बर १ किमाथांकामा यस अघि एमालेले जितेको वडामा वडा अध्यक्ष काङ्ग्रेसका नुर्पु च्याबाको बिजय भएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख उप प्रमुख सहित वडा नम्बर २ र ३ समेत काङ्ग्रेसले जितेका थिए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !