भोटखोला ५ मा एमाले प्यानल बिजय,अध्यक्षमा एमाले १७९ मतले अग्रता

धरान । संखुवासभा जिल्लाको उत्तरी भोटखोला गाउँपालिकामा एमालेको वडा अध्यक्ष सहित वडा नम्बर ५ मा प्यानल बिजय भएको छ ।

भोटखोला गाउँपालिका निमित्त अधिकृत फुर्पु भोटेले दिएको जानकारी अनुसार प्रमुख पदमा एमालेले अग्रता लिएको बताए । पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार वाङछेदर लामाले ६७० मत प्राप्त गरेको छ । उनलाई पछ्याउँदै गठबन्धनका उम्मेदवार चुङ्दाक भोटेको ५०१ मत छ । त्यसैगरी उप प्रमुखमा सहाना लामा एमालेबाट ६३३ मत लिएर अग्रता दिएको छ । उनलाई पछ्याउँदै गठबन्धनका उम्मेदवार डुक्पा थिकेपा भोटेको ५२५ मत छ ।संचार सम्बन्ध बिच्छेदका कारण बिस्तृत विवरण उपलब्ध हुनसकेको छैन ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !