भोटखोला १ किमाथांकामा काङ्ग्रेसको उम्मेदवार बिजय

संखुवासभा । स्थानीय चुनावको मतगणना र परिणाम आउने क्रममा संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा नम्बर १ किमाथांकामा काङ्ग्रेस उम्मेदवार नुर्पु शेर्पाले जित हाँसिल गरेको छ ।

वडा अध्यक्ष नुर्पुले १२४ मत ल्याएर बिजय भएको कुरा निमित्त अधिकृत फुर्पु भोटेले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार तेन्छेबि शेर्पाले ११४ मत ल्याएका थिए ।अन्य चार जना सदस्य भने एमालेबाट बिजय भएको बताए ।

किमाथांकामा २७५ जना मतदाता छन भने ३० गतेको स्थानीय चुनावमा २३८ मत खसेका थिए । त्यहाँबाट गाउँपालिका अध्यक्षको लागि गठबन्धन कलम चिन्हमा १११ मत पाएको छ । उपाध्यक्ष रुखमा ११८ मत पाएका छन ।अध्यक्ष र उपाध्यक्ष एमाले सुर्यमा ११६ बराबर मत पाएको छ ।

संचार सुबिधा राम्रो नभएको कारण अन्य सदस्यको बारे स्पष्ट जानकारी उपलब्ध भएको छैन । किमाथांकामा गत २०७४ को स्थानीय चुनाबमा एमालेले जितेका थिए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !