बराहक्षेत्रमा ४३१२० मत खसे

बराहक्षेत्र (सुनसरि) । शुक्रवार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिकामा कुल ४३१२० मत खसेको छ ।

बराहक्षेत्र नगरपालिकामा कुल मतदाता ६३,६०८ रहेकोमा कुल मत खसेको कुरा पत्रकार संगम बिष्टले जनाएको छ ।उनका अनुसार वराहक्षेत्र वडा नम्बर २ मा ३८८५ मत खसेका छन ।त्यसैगरी वडा नम्बर ७ मा ५३०९ मत खसेका छन । ९ मा ३३१५ मत ६ मा ३०६६ मत खसेका छन ।

त्यसैगरी वराहक्षेत्र वडा नम्बर १० मा ३८६० मत खसेको छ । वडा नम्बर ५ मा ४४९९ मत खसेको छ । वडा नम्बर ३ मा ४३४५ मत वडा ८ मा ४८८५ मत खसेको छ । वडा नम्बर १ मा ३०३० मत खसे । वडा नम्बर ११ मा ३९१० मत र वराहक्षेत्र – ४ मा ३०१६ मत खसेको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !