धरानमा ६२.५० प्रतिशत मत खसे,मतगणना शनिबार बिहानदेखि

धरान । शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिका भित्र ६२७०४ मत अर्थात ६२.५० प्रतिशत मत खसेका छन ।

धरान उपमहानगरमा जम्मा २० वटा वडा रहेका छ्न । उपमहानगर भित्र स्थानीय निर्वाचनको लागि अन्तिम मतदाता १,००,३२४ जना मतदाता रहेका छन । कुल ६२.५० प्रतिशत मत खसेका छन । धरानमा सबै भन्दा बढी मतदाता वडा नम्बर १५ मा १३९६३ रहेका छन । त्यसैगरी दोस्रो बढि मतदाता ११ नम्बरमा ९३६६ तेस्रोमा वडा नम्बर १७ मा ९०६९ र सबैभन्दा कम मतदाता वडा नम्बर ७ मा २१४६ रहेका छ्न ।

वडाको मत प्रतिशतमा वडा नम्बर २० मा ७६.४१प्रतिशत अर्थात २६४५ मतदातामा २०२१ मत खसेका छ्न । त्यसैगरि सबैभन्दा कम मत वडा नम्बर १० मा ५१.८० प्रतिशत अर्थात ३६२० जना मतदाता रहेकोमा १८७५ मत मात्र खसेका छ्न ।

धरान उपमहानगरको २० वटा वडा भित्र २८ स्थानको १०७ मतदान केन्द्रमा मतदान भएका थिए । सबै मतपेटिका संकलन गरि दलका प्रतिनिधिहरुको उपस्तिथितिमा निर्वाचन कार्यालय पब्लिक स्कुलमा राखिनेछ । र, ढोकामा लाहछाप लगाई ताल्चा मारिनेछ । मतगणना शनिबार बिहान ८ बजेदेखि गरिने निर्णय बिहीवार नै सर्वदलीय बैठकले पारित गरिसकेको छ ।

धरानमा गठबन्धनबाट मेयरमा काङ्ग्रेसका किशोर राई,उपमेयरमा माओबादिका आइन्द्र बेघाको उम्मेदवारी परेको छ । प्रतिस्पर्धिमा नेकपा एमालेले मन्जु भण्डारी मेयर र पदम लिम्बुलाई उपमेयरमा उम्मेदवार उठाएको छ । प्रतिस्पर्धा पनि यिनै चारजनाबिच मुख्यरुपमा भैरहेको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !