किमाथांकामा काङ्ग्रेसले मतपत्र खोसेर एकतर्फी मत हालेको आरोप

किमाथांका (संखुवासभा ) ।शुक्रबार भएको स्थानीय चुनावमा संखुवासभा जिल्लाको उत्तरी सिमा रहेको शिङ्सा क्षेत्र भोटखोला गाउँपालिका वडा नम्बर १ किमाथांकामा धाँधली भएको आरोप लगाएको छ ।

किमाथांकाका निबर्तमान वडा अध्यक्ष तथा एमाले उम्मेदवार तेन्छेबि शेर्पाले शुक्रवार भएको मतदानमा नेपाली काङ्ग्रेसका मतदान एजेन्टले मतपत्र खोसेर एकतर्फि मत लगाएको आरोप लगाए । उनले चिसेफायुलाई फोनमा जानकारी दिदै काङ्ग्रेसका कार्यकर्ताले सबै मतपत्र खोसेर एकतर्फी भोट लगाएको आरोप लगाए । उनले यसरी धाँधली गरेको भन्दै मुचुल्कामा समर्थन र हस्ताक्षर नगरेको बताए । मतदातालाई काङ्ग्रेसका कार्यकर्ताले डरधम्कि देखाएर धाँधली गरेको बताए । यस बिषयमा निर्वाचन अधिकृतलाई लिखित रुपमा उजुरी गरि स्थगितको माग गरेको बताए । किमाथांकामा २७५ जना मतदाता रहेकोमा २७६ जना रहेका छन भने २३८ खसेको छ ।

यस बिषयमा जिल्ला निर्वाचन कार्यालय संखुवासभामा बुझ्न खोज्दा लिखित उजुरी दिएको जानकारी फोन मार्फत गरेको बताए । जिल्ला निर्वाचन अधिकृत जयप्रकाश बस्नेतले लिखित उजुरी दिएको जानकारी गरे पनि बिस्तृत कुरा न आएको बताए । यसको समाधान त्यहि नै हुने जानकारी अधिकृत बस्नेतले दिए ।

 

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !