मतदान अगाडि नै ब्यबस्थित बारे सर्वदलीय बैठक

धरान । धरान उपमहानगर भित्र बैशाख ३० गते मतदान हुनु अगाडि नै मतदानपछि मतगणना बारे सर्वदलीय बैठक बसेको छ ।यस अघि मतदान सम्पन्न भएपछि मतपेटिका संकलन पश्चात् मात्र सर्वदलीय बैठक बस्ने गरिने प्रचलन थियो ।

बिहिवार जिल्ला प्रशासन कार्यालय प्रमुख इन्द्रदेब यादवको उपस्तिथि सर्वदलीय बैठक बसेको हो । बैठकले मतदान गरेपछि तिन वटा स्थानमा मतगणना शुरु गर्ने र वडा नम्बर १ बाट नै मतगणना गर्ने निर्णय भएको कुरा तेन्जिङ शेर्पाले जानकारी दिए । साँझ ५ बजेपछि मतदान सम्पन्न हुनासाथ सबै मतपेटिकालाई निर्वाचन अधिकारीको कार्यालय पब्लिक स्कुलमा संकल गरिसकेपछि बिहान ३१ गते ८ बजेबाट मतगणना शुरु गर्ने सर्वदलीय निर्णय भएको शेर्पाले जानकारी दिए ।

तिन स्थानमा मतगणना गर्दा सिसि क्यामेराको निगरानीमा गर्ने भएको छ । मतगणना स्थलमा दलका प्रतिनिधि प्रेस कर्मचारी बाहेक प्रवेश निशेध गरिने पनि निर्णय भएको छ । प्रत्येक गणना स्थानमा दुई जना प्रतिनिधिको दरले छ जना आलोपालो गर्नेगरि निर्णय भएको छ । मतगणना स्थल भित्र पब्लिक स्कुलको प्रांगणमा समेत प्रवेश गर्न नदिईने निर्णय भएको छ । मतगणनाको क्रममा प्रत्येक दुई सय मत गन्ति गरेपछि माईकिङ मार्फत जनकारि गराउने निर्णय भएको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !