धरानको संपुर्ण मतदान केन्द्रमा सर्वदलीय बैठक सम्पन्न

धरान । स्थानीय निर्वाचन सम्पन्न हुन केहि दिन बाँकि रहेकोे बेला धरान उपमहानगरपालिका भित्र रहेको २० वटा वडामा सर्वदलीय बैठक सम्पन्न भएको छ ।

आगामी ३० गते मतदान गर्दा कुनै पनि विवाद नहोस भन्नका लागि बुधबार सर्वदलीय बैठक सम्पन्न भएको कुरा सहायक निर्वाचन अधिकृत गणेश खतिवडाले जानकारी दिए । सर्वदलीय बैठकको क्रममा धरान वडा नम्बर १६ मा गठबन्धन र एमाले बिच सामान्य विवाद भएको कुरा हर्कलक्ष्मि राईले बताए ।

धरान उपमहानगरपालिका वडा नम्बरमा ३ मा असहाय ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकता दिने सर्वदलीय निर्णय भएको छ । त्यसैगरी कसैले मतदान गर्न असक्षम महसुस गरि कसैको सहारामा मदतले मतदान गर्नसक्ने निर्णय गरेको छ । यस्तो अवस्थामा उम्मेदवार र कर्मचारी बाहेकले मतदान गर्नसक्ने निर्णय सर्वदलीय बैठकले गरेको छ । मतदान बिहान ७ बजे शुरु हुने भएकोले सबै दलका प्रतिनिधिलाई बिहान ५:३० मा नै आउन आह्वान गरे ।

धरानमा कुल १,००३२४ मतदाता छन । धरानमा सबैभन्दा बढि मतदाता रहेको वडा नम्बर १५ मा १३,९६३ मतदाता छन । दोस्रोमा वडा नम्बर ११ मा ९,३६६ मतदाता छ्न । सबैभन्दा कम मतदाता वडा नम्बर ७ मा २१२३ जना मतदाता रहेका छन ।

 

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !