भोट्खोलामा क-कस्ले बाजि मार्ला, चर्चामा भने गुरु भोटिया

 

हज्याक्से भोट दि ङिमल,
च्योदङ छाङ्म गवल!!,,,,,,,,,,,,

ङिम दोङ्बी साटल,
भोट दि लुक्तङ छाताल!!,,,,,,,,

भोट दि बिन्दङ गठ्बन्धनल,
स्युदेन ज्याक्केन पिन्ज्याङ छाङ्मल!!,,,,,,,,

यतिबेला देश चुनावीमय बनेको छ जताततै साउण्ड सिस्टममा जिङ्गल बजिरहेका छन । माथीका शब्द हरफहरु एमाले, जनता समाजवादी र गठबन्धनको चुनाबि प्रचारको जिङगलका हरफहरु हुन । यी फरक फरक हरफ र लय अहिले आम शिङ्सा क्षेत्र भोट्खोलाबासिको जन जिब्रोमा झुन्डिएको छ । जता जता मान्छेको झुन्ड हुन्छ्न त्यतै त्यतै यी गीतहरु गुन्जी रहेको अनि गाउदै हिडेको भेटिन्छ्न । चुनाबको माहोल बन्दै गर्दा एमालेको मात्रृभाषा गीत निकै लोकपृय बन्यो, उक्त गीत बिपक्षिहरुले नि रुचाए र कस्ले बनायो यस्तो गीत? को हो बनाउने? हाम्रो पनि यस्तै बनाउन दिनु पर्छ भन्ने तिर लागे । धेरैले आङ्कलन गरे हाम्रो क्षेत्रका बिगत लामो समय देखि पेसागत रुपमै साङ्गीतिक क्षेत्र अङ्गालेको दम्दाङको गुरु भोटिया नै हुनु पर्छ । प्राय सबै पार्टिको नेता कार्यकर्ताहरले उनको सम्पर्क नम्बर खोज्दै गीतको अफर गर्न थाले यसरी नै इतिहासमै पहिलो चोटि आफ्नै मातृभाषामा चुनाबी गीतहरु बनेको गीतकार भोटियाले चिसेफायुसङ्ग बाताए । शब्द/सङ्गीत भोटिया स्वयमको रहेको छ भने सङ्गीत संयोजन रोशन बालुवा र आवाजमा लुमु भोटिया र अर्टिक भोटियाले साथ दिएका छ्न ।

गीतकार भोटियाको मातृभाषाको दगुनी याकरी ज्यल,,,, भन्ने गीत पनि शिङ्सा क्षेत्र  भोट्खोलामा निकै लोकपृय छ । भोटियाले हालसम्म चलचित्र र एल्बममा गरि करिब दुइ सय गीतमा शब्द दिई सकेका छ्न ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !