एमालेले नेवार समुदायको सांस्कृतिक लाखे नाच धिमे बाजा प्रयोग गरेको भन्दै नरोकिए कानुनि कार्वाही गरिने

धरान । नेवार समुदायको मौलिक सांस्कृतिक लाखे नाच र धिमे बाजालाई नेकपा एमालेले दुरुपयोग गरेको आरोप लगाएको छ ।

बैशाख २४ गते एमालेले गरेको चुनाबि सभामा नेवारी समुदायको लाखे नाच र धिमे बाजा प्रयोग गरेको प्रति आपत्ति जनाएको छ । नेवा देय दबु धरानका सचिब दिपेन्द्र श्रेष्ठले सामाजिक संजाल फेसबुक मार्फत आपत्ति जनाउदै नेवार समुदायको सास्कृतिक लाखे नाचलाई कुनै पनि राजनीतिक कार्यक्रममा भोट माग्ने माध्यम नबनाइदिनु भनेर नेवाः देय् दबू धरानले #बिज्ञप्ति जारी गरेको उल्लेख छ। तर नेकपा एमाले धरान ७ नम्बर वडाले राजनीतिक कार्यक्रममा लाखे नाच को प्रयोग गरिएको जनाएको छ । नेवार समुदायको सस्कार प्रती प्रहार भएको महसुस भएको भन्दै -`यो कार्यप्रती आपत्ति जनाउन चाहान्छु र यो कार्य तुरुन्त बन्द गर्न अनुरोध गर्दछु, उल्लेख छ।स्टाटसमा  यदि यस्तो कार्य बन्द नगरे कानुनी प्रक्रियामा जान बाध्य हुने छौ भनेर चेतावनी दिएको छ ।
स्टाटस जस्ताको तेस्तै:
नेवार समुदायको सास्कृतिक #लाखे_नाच लाई कुनै पनि राजनीतिक कार्यक्रममा भोट माग्ने माध्यम नबनाइदिनु भनेर नेवाः देय् दबू धरानले #बिज्ञप्ति जारी गरिसक्दा पनि #नेकपा_एमाले_धरान ७ न वडा ले राजनीतिक कार्यक्रममा #लाखे_नाच को प्रयोग गरियको र नेवार समुदायको सस्कार प्रती प्रहार भएको महसुस गरि यो कार्य प्रती आपत्ति जनाउन चाहान्छु र यो कार्य तुरुन्त बन्द गर्न अनुरोध गर्दछु ।
साथै यदि यस्तो कार्य बन्द नगरे कानुनी प्रक्रियामा जान बाध्य हुने छौ।                                   दिपेन्द्र श्रेष्ठ कसजु
सचीव
नेवाः देय् दबू धरान 

नेवा देय दबुबाट जारि गरिएको सूचना

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !