धरानमा ८ हजारमाथी मतान्तरले गठबन्धनको उम्मेदवारले जित्छ – मेयर तिलक राई(दुई वर्षे कार्यकालको कामको विवरण सहित)

बैशाख २२,धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा लोकतान्त्रीक वाम गठबन्धनका उम्मेदवारले ८ हजार माथी मतान्तरले बिजय हुने दाबि गरिएको छ।

ब्लाष्ट टाईम्स दैनिकसंग कुरा गर्नेक्रममा मेयर तिलक राईले यस्तो दाबि गरिएको हो ।उपनिर्वाचन भन्दा कति मत ले जितिन्छ भन्ने दाबी छ भन्ने ब्लाष्ट्रकर्मीको प्रश्नमा मेयर राईले जवाफ दिदै नेपाली काँग्रेसको नीति सिद्वान्त र नेतृत्वप्रती आस्थावानहरु बढेका छन। धरानका नयाँ मतदाताहरु पनि काँग्रेसका पक्षमा देखिन्छन। कम्तीमा पनि ८ हजारमाथी मतान्तरले बिजय बन्छौ प्रमुख पदमा करिब ३७ हजार मत ल्याउने आँकलन छ उनले भने ।

लोकतान्त्रिक बाम गठबन्धनको प्रचार सामग्री

साढे २ बर्षे कार्यकालमा सम्झनयोग्य काम के के गर्नु भयो भन्ने प्रश्नमा मेयर राईले जवाफ दिदै यो दुई बर्षे कार्यकालमा धरानको लामो समयदेखि विवादमा रहेको बस पार्कलाई निर्णयार्थ प्रस्तुत गरि निर्माणका लागि स्रोत समेत सुनिश्चितता गरि काम सुरु गरेको बताए ।बसपार्कमा ३० प्रतिशत काम भईसकेको बताए । फोहोरमैला व्यवस्थापन गर्न सफल भए त्यो पनि उत्पादन र नगरलाई आम्दानी हुने गरि । बिग्रेका सडकलाई सडक विभागसँग समन्वय गरेर कालोपत्रे गरेको बताए । जलधार क्षेत्रको जग्गा व्यवस्थापन गरिएको बताए । त्यो जग्गा नेपाल सरकारको नाममा ल्याउने काम भएको बताए । धरानको बिचमा रहेको खहरे खोलालाई खहरे कोरिडोरको रुपमा बिकास गरि दुबै तर्फ १४ फिटको सडक निर्माण गर्न सफल भएको बताए । सभागृहलाई साढे ८ करोडको टेण्डर आहवान गरिएको बताए । धरान ५ मा २ किलोमिटर कालोपत्रे गरिएको बताए । स्थानीय संस्कार, संस्कृतीको प्रवद्वर्न गर्न कालो बङगुर र तीनपाने कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने प्रस्ताव प्रदेश सरकारमा पठाएका बताए । सुकुम्बासी समस्या समधानका लागि १३ हजार ५ सय घरको लगत संङकलन गरेर निस्सा दिँने तयारी रहेको बताए । सर्दु करिडोर प्रदेश सरकारसंग समन्वय गरेर ठेक्कासमेत लागेर निर्माण सुरु भएको बताए ।उनले आफु मेयर भएपछि नगरवासी लाई सरकारको अनुभूति दिलाए दाबि गरे ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राई

खानेपनीको प्रश्नमा, खानेपानी बितरणमा समस्या छैन परियोजनाको डीपिआर अनुसार उत्पादन हुन नसकेको बताए । वेल थप गरेर मात्रै केही सहज भएको हो, योजना कार्यान्वयनमा मन्त्रालयसँग समन्वय गरेर विज्ञ टोलीसँग सुझाव अनुसार खानेपानी व्यबस्थापन गर्न लागेका बताए । खानेपानी समस्यालाई खानेपानी मन्त्रालय, सहरी विकास मन्त्रालय र उपमहानगरको त्रीपक्षीय छलफलबाट समाधान गर्न लगेका बताए । खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न एकीकृत खानेपानी आयोजनाको डीपीआर निर्माणका लागि खानेपानी मन्त्रालयले ६ अर्बको योजना अगाडि बढाएको बताए ।

विश्व महामारीको रुपमा आएको कोरोनालाई घरवास र प्रवासमा रहेका धरानेहरुको सहयोगमा सहि व्यवस्थापन गर्न सकिएको बताए । यहाँका सरोकरवालाहरु सँगको समन्वयमा २७ महिनाको अवधी विवादरहित काम गर्न सफल भएको बताए । त्यही संस्कृतिको आधारमा गठबन्धन भएको भने। नगरको मेयरमा किशोर राई र उपमेयरमा आईन्द्रबिक्रम बेघासहित गठबन्धनका सम्पुर्ण उम्मेद्वारहरुलाई अमुल्य मत दिई बिजय गराउन पनि अनुरोध गर्नु भयो।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !