लाखे नाच तथा बाजागाजा प्रयोग नगर्न राजनीतिक दललाई सूचना

धरान । आदिवासी मुलबासि भुमिपुत्र नेवा समुदायको मौलिक लाखेनाच धिमे बाजा राजनीतिक दलले प्रयोग गरेको भन्दै त्यसलाई प्रयोग नगर्न सार्वजनिक सूचना गरिएको छ ।

नेवा देय दबु धरान उपमहानगर समितिका अध्यक्ष मनोहर शाक्य र सचीव दिपेन्द्र श्रेष्ठद्वारा  संयुक्त रुपमा हस्ताक्षर गरि बैशाख २० गते सूचना जारि गरिएको छ । सुचनामा भनिएको छ- `आसन्न २०७९ बैशाख ३० गते सप्पन्न हुनगईरहेको स्थानीय निर्वाचनको प्रचार प्रसारमा नेवाः समुदायको मौलिक सांस्कृतिक लाखेनाच तथा मौलिक वाध्यवादन धिमेबाजा लगायतका सांस्कृतिक बाजागाजाहरुलाई कुनै पनि राजनैतिक दलहरुले प्रयोजन नगरिदिनुहुन सादर अनुरोध गरिन्छ उल्लेख छ।´
´

                जरुरी सुचना
उपरोक्त सम्बन्धमा आसन्न २०७९ वैशाख ३० गते सम्पन्न हुनगईरहेको स्थानीय निर्वाचनको प्रचार प्रसारमा नेवाः समुदायको मौलिक सांस्कृतिक लाखेनाच तथा मौलिक वाध्यवादन धिमेबाजा लगायतका सांस्कृतिक बाजागाजाहरुलाई कुनै पनि राजनैतिक दलहरुले प्रयोजन नगरिदिनुहुन सादर अनुरोध गरिन्छ । सुभाय् ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !