राष्ट्रिय जनमुक्ति पार्टीले चुनावी घोषणा पत्र जारी गरे

धरान । राष्ट्रिय जनमुक्ति पार्टी धरान  उपमहानगरमा मेयर पदको उम्मेदवारी दिएसंगै पार्टीको आधिकारिक घोषणापत्र सार्वजनिक गरिएको छ ।

धरान १२ चतरालाई पुर्वि स्टार होटेलमा पत्रकार सम्मेलन गरेर मंगलबार सार्वजनिक गरिएको हो । बैकल्पिक शक्तिको लागि राष्ट्रिय जनमुक्ति पार्टी रहेको कुरा पार्टीका केन्द्रिय अध्यक्ष केपि पालुङ्बाले बताए । जनमुक्ति पार्टीको तर्फबाट धरानमा राजेश खिम्दुङलाई मेयरको उम्मेदवारी बनाएको छ । मेयर उम्मेदवार खिम्दुङले धरानको मुख्य समस्या खानेपानी रहेको भन्दै खर्दु जलाधारलाई ब्यबस्थित गर्ने हो भने त्यसबाट पनि धरानेलाइ खानेपानी खुवाउन सकिने बताए । उनले कोशिको पानीलाई पनि धरानमा ल्याएर पानीको समस्या समाधान गर्न सकिने बताए ।

जनमुक्तिको घोषणापत्रमा पालिका भित्र बोलिने मातृभाषाहरुमा शिक्षा र सरकारी कामकाजको अधिकारलाई प्रोत्साहन र संरक्षण गरिने उल्लेख छ । मातृभाषाहरुमा संचार, साहित्य, सिनेमा आदिको विकासको लागि स्थानिय सरकारले विशेष नीति बनाई संरक्षण र प्रोत्साहन गर्नेछ । मातृभाषामा लेख्न-बोल्न जान्ने नयाँ पुस्ताका बाल बालिकाहरुलाई ‘मातृभाषा प्रोत्साहन भत्ता’ को व्यवस्था गरिने उल्लेख छ।

त्यसैगरि  जातिगत छुवाछुत वा भेदभाव तथा महिला एवम् बाल हिंसा गर्नेलाई कानूनी रुपमा दण्डित गरिनुका साथै सरकारी नोकरी, लाभको पद वा सुविधा लिने क्षेत्र तथा अन्य सार्वजनिक पदधारणको अवसर बाट समेत बन्चित गरिने उल्लेख छ ।

जनमुक्तिले  शिक्षा क्षेत्रलाई मर्यादित ढंगले संचालन गरिने। सार्वजनिक विद्यालयको स्तर उन्नतिका लागि विशेष लगानी र कार्य गरिने । शिक्षण पेशामा संलग्नहरुलाई उच्च नैतिक चरित्रवान बनाउनुका साथै आवश्यकीय क्षेत्रमा उचित सहुलियत दिने व्यवस्था गरिने उल्लेख छ।

पालिका भित्रका कुनै व्यक्तिले शिक्षा, साहित्य, खेलकुद, सेवा, सिनेमा, आविष्कार वा व्यवसायमा राष्ट्रिय वा अर्न्तराष्ट्रिय सम्मान वा पुरस्कार प्राप्त गरेको अवस्थामा निजलाई ‘पालिका-रत्न’ को उपाधि प्रदान गरिने जनाएको छ । र निजको परिवारलाई समेत पुरस्कृत गरिनेछ तथा स्थानिय सरकारले करमुक्तको सुविधा दिने उल्लेख छ ।

स्थानिय सरकारले जारी गर्ने परिचय पत्र मार्फत सबै गाउँ-नगरबासीले विद्युत, पानी, बैकिङ्ग सेवा, व्यवसाय संचालन र मोबाइल सिम कार्ड लगायतका सेवा सुविधा प्रयोग गर्न पाउने व्यवस्था गरिनेछ ।

          भ्रष्टाचार मुक्त स्थानिय सरकार:

राष्ट्रिय जनमुक्ति पार्टी भ्रष्टाचारको केवल न्यूनीकरण वा नियन्त्रण गर्ने होइन, त्यसलाई जरै देखि अन्त्य (निर्मूल) गर्ने लक्ष्य, संकल्प र कार्यक्रम बोकेको पार्टी हो । यो पार्टीले, भ्रष्टाचार भनेको आर्थिक अनियमितता वा पदिय दुरुप्रयोगको अपराध मात्र होइन बरु यो त जघन्य राष्ट्रिय अपराध हो, देशद्रोह सरहको अपराध हो भन्ने मान्यता राख्दछ जनाएको । हामी आफूले नेतृत्व गरेको स्थानिय तहका सरकार पूर्ण भ्रष्टाचार मुक्त रहनेछ भनी घोषणा गर्दछौं ।

`भ्रष्टाचार बारे स्थानिय तहमा यस अघि यदि भ्रष्टाचारका कुनै मुद्दा रहेछन भने त्यसलाई छानविनको दायरामा ल्याएर टुंगोमा पुऱ्याउने र दोषीलाई सजायको भागीदार गराउन इमान्दारिका साथ लागि पर्ने पनि घोषणा गर्दछौं ।´

  समानुपातिक र विशेष अवसर :

जनमुक्तिले स्थानिय तहमा रहने सबै संरचनाहरुमा पालिका भित्र बसोबास गर्ने जाति / समुदायहरुलाई सम्भव भएसम्म जनसंख्याको अनुपातमा अवसरको सृजना गरिने उल्लेख छ ।

त्यसैगरी  विभिन्न कारणले पछाडि परेका वा पारिएका जाति / समुदाय, लिङ्गका साथै विकलाङ्कहरुका लागी विशेष अवसर सुनिश्चत गरिने उल्लेख ।

उसले स्थानिय स्तरका विभिन्न क्षेत्रमा उपलब्ध अवसरहरुमा सम्भव भएसम्म महिलाहरुका लागि ५० प्रतिशत कोटा सुनिश्चत गरिने जनाएको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !