शिङ्सा क्षेत्र भोटखोला प्रवेशद्वारमा पहिरो जाँदा आवागमन अबरुद्ध

संखुवासभा (शिङ्सा क्षेत्र )। संखुवासभा जिल्लाको उत्तरी सिमासंग जोडिएको भोटखोला गाउँपालिका शिङ्सा क्षेत्र प्रवेशद्वार नजिक समरटारमा पहिरो जाँदा आवागमन ठप्प भएको छ ।

मंलबार मकालु गाउँपालिका र भोटखोला गाउँपालिका सिमा नजिक समरटार नेता भिरमा पहिरो गएको कुरा स्थानीय मिथुन नुप्पा सनरिन्जेनले जानकारी दिए । त्यस स्थानमा पहिरो जाँदा यातायात अबरुद्ध सहित पैदल यात्रीलाई समेत समस्या भएको मिथुनले जानकारी दिए । त्यस स्थानमा अहिले पनि पहिरो गैरहेकोले तत्काल पहिरो पन्छाउन सकिने अवस्था नभएको बताए ।

उत्तरदक्षिण कच्ची कोशि राजमार्ग जसोतसो ट्याक्सीसंगै दुईवटा बस गोलासम्म पुगिरहेका थिए । अहिले दुबैतर्फ सवारी रोकिदा यात्रुलाई समस्या भएको छ । स्थानीय नुप्पाले जानकारी दिए अनुसार जोखिम मोलेर त्यही पहिरोमाथि जाने होभने १०/१५ मिनेटमा पार गर्न सकिने बताए । विकल्प मार्ग पारि कार्मराङ घुम्दा चारपाँच घण्टा लाग्ने बताए । त्यसैगरी पुरानो पैदल मार्गको बिकल्प माथिल्लो बाटोबाट एक घण्टा घुम्नुपर्ने बताए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !