आज सार्वजनिक बिदा,इदमा बिद्यालय खुल्नेप्रति मुस्लिम समुदायको बिरोध

धरान । शेरबहादुर नेतृत्वको सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मन्त्री परिषदमा इद,लोसर,क्रीष्टमस,उधौलि उभौलि,योमरु पुन्हिमा अव देशभर सरकारि सार्वजनिक बिदा दिने भएको छ ।त्यहि अनुसार २० मुस्लिम समुदायको इदमा नेपाल सरकार गृहमन्त्रालयले देशभर सार्वजनिक बिदाको सूचना गरिएको छ ।

तर धरानमा राष्ट्रिय परिक्षा बोर्ड प्याब्सन एन्ड एन प्याब्सनले सार्वजनिक बिदाको अवज्ञा गर्दै वेवास्ता गरि कक्षा तथा परिक्षा संचालन गर्ने कार्य गरेको भन्दै नेपाल मुस्लिम इत्तेहाद संगठनले प्रेस बिज्ञप्ति जारि गरेको छ ।अध्यक्ष मोहम्मद सागिर र अरमान अलि सचिबको संयुक्त हस्ताक्षर गरि जारि बिज्ञप्तिमा बैसाख २० गतेका दिन सम्पूर्ण शैक्षिक संस्थाहरुले गृह मन्त्रालयको निर्देशन अनुसार विदा दिई हर्षोल्लासका साथ मुस्लिम समुदायको महान् चाड “ईद-उल-फितर” मनाउने वातावरण सहज बनाईदिनुहुन हार्दिक अनुरोध गर्दछौं उल्लेख छ ।यस्ता कार्यहरु तत्काल नरोकिए घोर विरोध जनाउँदै सडकमा उत्रिने तथा विद्यालयहरु घेराउ कार्यक्रमहरु समेत गर्ने विज्ञप्तिमा उल्लेख छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !