भोटखोलामा जनता समाजवादी सहित प्रमुखमा तीन जनाको उम्मेदवार,काङ्ग्रेस सभापति जनता समाजवादी प्रवेश

शिङ्सा क्षेत्र(संखुवासभा) । चीनको सिमासंग जोडिएको संखुवासभा जिल्ला शिङ्सा क्षेत्र भोटखोला गाउँपालिका आगामी स्थानीय चुनाबको लागि प्रमुखमा जनता समाजवादी सहित ३ जनाको उम्मेदवारी परेको छ ।

बैशाख १२ गते उम्मेदवारी दिने समयमा जनता समाजवादी पार्टीको तर्फबाट प्रमुख (अध्यक्ष) मा जम्लिङ नुप्पाले उम्मेदवारी दिएको छ । त्यसैगरी उपप्रमुखमा पासाङ भुदरले उम्मेदवारी दिएको कुरा जम्लिङले जानकारी गराए । जनता समाजवादीले भोटखोला गाँउपालिकाको ५ वटा वडा मध्ये ३ वडामा उम्मेदवारी दिएको छ । वडा नम्बर २ मा पिम्बा सेच्या वडा नम्बर ४ मा तेम्बा भोटेले उम्मेदवारी दिएको छ । वडा नम्बर ३ मा नेपाली काङ्ग्रेसका टोल समिति सभापतिले काङ्ग्रेस परित्याग गरि जनता समाजवादिबाट वडा अध्यक्षमा उम्मेदवारी दिएको छ ।

भोटखोला गाउँपालिका नेकपा एमालेबाट अध्यक्ष (प्रमुख)मा वाङछेदर भोटेले उम्मेदवारी दिएको छ ।उपाध्यक्षमा दिचिक लामाको उम्मेदवारी परेको छ । एमालेले वडा नम्बर १ मा तेन्छेबी शेर्पा,२ मा जिप्पा तेन्जिङ ३ मा पासाङ रिन्जी ४ मा बिकास तामाङ र ५ बाट बालकुमार राईले वडा अध्यक्षमा उम्मेदवारी दिएको छ ।

भोटखोलामा नेपाली काङ्ग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धन रहेको छ । गठबन्धनबाट प्रमुखमा एकीकृतबाट चुङ्दाक भोटे र उपाध्यक्षमा काङ्ग्रेसका डुक्पा भोटेको उम्मेदवारी परेको छ । गठबन्धनले २ बाट वाङ्डुकलाई वडा अध्यक्ष उम्मेदवार बनाएको छ ।वडा नम्बर ४ बाट गठबन्धनको एकीकृत उम्मेदवार छेरुक भोटेको उम्मेदवारी परेको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा काङ्ग्रेसले प्रमुख उपप्रमुख सहित २ वटा वडा जितेका थिए । एमालेले ३ वटा वडा जितेका थिए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !