विद्याधरी सहकारीको एकदिने दन्त जाँच शिविर सम्पन्न 

बैशाख १०,धरान ।विद्याधरी बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य नै धन हो भन्ने मुल नाराका साथ एक दिने दन्त जाँच शिविर कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार बराह डेन्टल केयर प्रा.लि. र विद्याधरी बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारी को कार्यलय धरान ३ सदन रोडमा सम्पन्न गरिएको छ । शिविरमा सेयर सदस्य बचतकर्ता र दाँतको समस्या भएर पनि चेक जाँच गर्न नपाई रहेका व्यक्तिहरु को पनि उपस्थीती रहेका थिए ।

सहकारी को अध्यक्ष लुईस जेम्स राई ले विद्याधारी सहकारीले आफ्नो स्थापनाको १२ औ बर्ष पारगरि सकेको र यसले हिजो पनि आज पनि र भोलि पनि आफ्ना सदस्यहरुको आर्थिक एवंम व्यबसायीक उन्नतीमा प्रतिबद्व रहेको बताए । अध्यक्षले उक्त लक्ष्य प्राप्तीका लागि सहकारी ले स्वयम पनि बचत तथा ऋण कारोबार अतिरिक्त विभिन्न गतिबिधी हरु को आयोजना गरीरहेको बताए। व्यक्ती र देशको आर्थिक संबृद्वी मा स्वास्थ्य नै पहिलो खुट्किलो भएकाले स्वास्थ भएपछि मात्र आर्थिक स्तर माथी उठाउन सकिने भएकै कारण हरेक महिना स्वास्थ्य शिविर को कार्यक्रम राखेको जानकारी दिए । उनले पहिलो महिना आँखा शिविर सम्पन्न गरीसकेको र यो महिना दन्त जाँच शिविर गरेको बताए।

बराह डेन्टल केयरका डाक्टर किशोर सुवेदीले सहकारीहरु ले व्यबसाय सगै सामाजिक कार्य त्यसमा पनि स्वास्थ्यको क्षेत्रमा गरेकोमा खुशी व्यक्तगर्दै दाँतको समस्यालाई हामी सामन्य सोच राख्ने गरेको बताए । तर दाँत हाम्रो स्वास्थ्यको महत्व पुर्ण भाग हो सम्बेदनशील रुपमा लिनु पर्ने जानकारी दिए।

दन्त जाँच शिविरमा उपस्थीत सेयर सदस्य बचतकर्ता र स्थानीयको उत्साजनक सहभागीता रहेको थियो। दन्त जाँच पछि खुशी व्यक्त गर्दै विद्माधरी सहकारी ले हाम्रो आर्थिक बचत संगै स्वास्थ्यमा पनि चासो र प्रतिबद्व रहेको मा आभार व्यक्त गरे। उक्त आँखा शिविर कार्यक्रममा १ सय उपस्थीत रहेको थियो।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !