धरान १८ मा टाईफाईड खोप सम्बन्धी अभिमुखिकरण

धरान । बैशाख ८ गतेदेखि १६ गतेसम्म लगाईने टाइफाइड रोगको खोपसम्बन्धी धरान उपमहानगर वडा नम्बर १८ मा टोल बिकास संस्थाका अध्यक्ष प्रतिनिधिलाई अभिमुखिकरण दिएका छन ।

मंगलबार एक दिन वडा कार्यालयमा वडा भित्रका टिएलओका अध्यक्ष तथा प्रतिनिधिलाई टाईफाईड खोप बारे अभिमुखिकरण दिएको कुरा वडा सदस्य जमुना मोक्तान त्रीखत्रीले बताए । वडाबासिमा कोरोना खोपको जस्तै परिक्षण होकि भन्ने आशंका रहेकाले त्यस सम्बन्धि अभिमुखिकरण गराएको वडा सदस्य त्रीखत्रीले बताए । यस अघि कोरोना खोपमा पनि सबैले आशंका गरेको उल्लेख गर्दै पछि खोपमा लाम लागेको बताए । अभिमुखिकरणमा वडा भित्रका छ वटा टिएलओको अध्यक्ष प्रतिनिधि उपस्थिति रहेका थिए ।उनले वडाले प्रकाशन गरेको क्यालेन्डर पाँच वर्ष भित्र वडाले गरेको गतिविधिलाई समाबेश गरेको बताए ।

हाल धरान उपमहानगरपालिका वडा नम्बर १८ घोपा क्याम्प, शिव मार्ग, बुद्ध चोक, रत्न चोक ,देबि थान र न्युरोड लाईन गरि जम्मा ६ वटा टिएलओ रहेको कुरा वडा सचिब हिरालाल बिश्वकर्माले जानकारी दिए ।सचीव बिश्वकर्माले वडाबासिलाई ब्यक्तिगत घटना दर्ता सप्ताह र सामाजिक सुरक्षा भत्ताको बिषयमा समेत प्रचारप्रसार तथा जानकारी गराउन टिएलओलाई आग्रह गरे ।

नयाँ वर्षको शुभकामना आदान प्रदान समेत भै वडाबासिमा वडाले प्रकाशन गरेको क्यालेन्डरलाई वडाका कर्मचारी भक्त राईले कार्यक्रम संचालन गर्दै वडा सचिबले बितरणका लागि टिएलओलाई हस्तान्तरण गरेको हो ।

मंगलबार वडा भित्र भिटामिन ए र जुकाको औषधि पनि खुवाएका छन । वडा भित्र तीन स्थानमा केन्द्र बनाई जुकाको औषधी र भिटामिन ए खुवाएको कुरा स्वास्थ्य स्वयं सेविका चन्द्रकला राईले बताए ।उनले बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान,वडा समिति र जेम्स स्कुल गरि तीन स्थानमा खुवाएको बताए । मंलबार बिहीवार दुई दिन खुवाउने कार्यक्रममा मंगलबार वडा कार्यालयमा २० जना र जेम्स स्कुलमा ६० जनालाई भिटामिन र जुकाको औषधि खुवाएको चन्द्रकला राईले बताए । अब औषधि आगामी कार्तिक २ र ३ गते खुवाउने कार्यक्रम रहेको स्वयंसेवक राईले जानकारी दिए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !