धरानमा टाईफाईड खोप अभियान बैशाख ८ गतेदेखि १६ गतेसम्म

धरान । टाइफाइड रोग बिरुद्धको राष्ट्रिय खोप अभियान अनुसार धरानमा बैशाख ८ देखि १६ गतेसम्म हुने भएको छ ।

गत चैत २५ गतेदेखि संचालन भएको अभियान बारे धरानमा धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । १५ महिनादेखी १५ वर्ष उमेर समुहलाई लगाईने टाईफाइडको खोप धरानमा ४४ हजार जनालाई लगाउने लक्ष्य रहेको कुरा स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।

मेहेताले मृत्युदरमा समेत तेस्रो स्थानमा रहेको टाईफाईड रोग बिश्वमा वार्षिक २ करोडलाई लाग्ने बताए । एक लाख जना मध्ये एक सय जनामा देखिँदा जोखिममा गनिने बताए ।बैशाख महिना खोप महिनाको रुपमा भएको भन्दै जेठ महिनाबाट नियमित खोपसंगै दिइने बताए । टाईफाईडको खोपको प्रभाबकारी ९७ प्रतिशत रहेको बताए ।

धरानमा ५ वर्षमाथिका बालबालिका बिद्यालयमा रहने भएकोले खोपलाई बिद्यालय स्तरमा लगाइने बताए ।

साल्मोनेला टाईफी र पारा साल्मोला टाईफी नामक ब्याक्टेरियाबाट हुने टाईफाईड लागेपछि ज्वरो आउने, बान्ता हुने,टाउको दुख्ने,लक्षण हुने बताए ।टाईफाईड लागेपछि यसको उपचारको लागि चलाउने एन्टिबायोटिक समेत रेजिस्ट भैसकेकोले उत्तम उपाय भनेको खोप मात्र भएको बताए । रोग लागेपछि आन्द्रामा घाउ हुने,पक्षघात हुने,क्यान्सर हुने,बहि अंग फेल हुने,स्नायु प्र्णालिमा असर हुने बताए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !