डेढ करोडको लगानिमा सेभेन साईजको हाम्रो फुटसल सन्चालनमा

नवीन रम्तेल
धरान । युवाहरु रोजगारीको अभावमा विदेशी भूमीमा जानैपर्ने बाध्यतामा गुज्रिरहेको अवस्थामा धरान-१० का एक ३५ बर्षे युवा मदन राईले करिब डेढ करोडको लगानीमा धरान -८, सभागृह मार्गमा सुविधासम्पन्न स्वच्छ वातावरण भएको एक सुन्दर “हाम्रो फुटसल” सन्चालनमा ल्याएको छ ।

निक्रम सम्बतको नयाँ वर्षको सुरुवातको अवसर पारेर फुटसललाई सञ्चालनमा ल्याएको कुरा संचालक मदन राईले जानकारी दिए । राईले फुटसल तयारी हुँदासम्म करिब डेढ करोड लगानी भएको बताए । फुटबल खेल्न योग्य जमिनहरु मासिंदै गरिरहेको र भएका फूटबल ग्राउन्डहरु समेत पर्याप्त नभएको त्यसमा पनि प्रदूषणरहित हुन नसकेको सन्दर्भमा केही वर्षदेखि फुटसल बन्ने क्रम बढिरहेको छ।

फुटसल सन्चालक मदन राई

आजकल फुटसलको लिग समेत हुने गरेकोले यो खेलप्रतिको क्रेज युवायुवतीहरुमा दिनानुदिन बढी रहेको बताउँछ्न् खेलाडी संयम रम्तेल। धरान-८ लाई नै किन रोज्नुभयो भन्ने संचालकसंगको प्रश्नको जवाफमा – `खुल्ला बातावरण,जंगलको नजिक भएकोले पर्याप्त हावा चल्ने र पानीको अत्यन्त सुविधा भएको स्थान हो।´

धरानको बसपार्क समेत यहि क्षेत्रमा धमाधम बनिरहेको छ।यो क्षेत्र गोर्खा सैनिक तालिम केन्द्रहरुको रोजाइमा रहेको तथा नेपाल सरकारका मापदण्ड पूरा गरेका दुईवटा ड्राईभिङ्ग तालिम केन्द्रहरु यहि क्षेत्रमा रहेकोले पनि धरान-८ विशेष छ भन्छ्न् संचालक राई ।कफि सप,क्यान्टिन,खाजा खाँदै बाल्कोनीबाट दृश्यावलोकन गर्न सकिने ठाउँ महिला र पुरुषखेलाडीहरूको लागि एटेज बाथरुम सहितको छुट्टाछुट्टै शौचालय,पर्याप्त विद्युत पानीको सुविधा भएको उक्त फुटसल निर्माण गर्न झण्डै एक वर्ष लागेको हो।”हाम्रो फुटसल मै किन युवाहरु आकर्षित हुन्छ्न् त भन्दा फुटबलप्रेमीहरूको लागि सेभेन साईज (१४ जना खेलाडी एकैसाथ खेल्नसक्ने), पर्याप्त हावा प्रवाह हुने शीतल ठाउँले त्यसै खेलाडीको मन लोभ्याउँछ साथै सयौं दर्शकले सजिलै हेर्न सक्ने व्यवस्था गरिएको छ तथा प्रत्येक खेलमा पानीको व्यवस्था समेत गरिएको छ।

उद्घाटन देखिनै निकै व्यस्त देखिएको “हाम्रो फुटसल”मा खेलाडीहरुलाई अन्य ठाउँको तुलनामा सस्तोमा आनन्द महसुस गर्ने हुँदा आफ्नो व्यवसायप्रति गर्व गर्छन् मदन राई । हरेक व्यवसायमा जोखिम मोलेर धेरै लगानी गर्दा कम आय हुने गरेको छ तर स्वास्थ्य र तन्दुरुस्ती प्रति धरानेहरु सधैं सजग र उत्साहित रहेकोले आफ्नो व्यवसायले छिट्टै ठाउँ लिनेमा विश्वस्त छन् उनी।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !