धरान । गायिका मेलिना राईले नयाँ वर्षसंगै लगन गाँठो इङ्गेजमेन्ट गरेको सार्वजनिक गरेपछि सामाजिक संजालमा दुई पक्ष भएर आलोचना भैरहेका छन ।
गायिका मेलिना राईले इङ्गेजमेन्ट गरेको आफ्नै सामाजिक संजाल फेसबुकमा शुक्रबार सार्वजनिक गरेका थिए । तर जब तस्बिर सार्वजनिक भए केही ब्यक्तिले तत्काल आलोचना गरिहाले । बिषेशगरी आलोचना गर्नुमा मेलिनाको प्रेमी दलित भएकोले हो ।
मेलिनाको प्रेमी दलित भएकै कारण आलोचना भएको देख्दा भने समाज अझै पनि छुवाछूत मुक्त नरहेको स्पष्ट छुन । मेलिनालाई नराम्रो शब्दले समेत गाली गरेको सामाजिक संजालमा पाइएको छ । उनलाई तिनचुलोको अपमान गरेको भन्दै बहिष्कार समेत गर्नुपर्ने भनेर सामाजिक संजालमा लेखिएको पाइएको छ ।
तर नकारात्मक मात्र नभै धेरैले सकारात्मक समेत लेखेका छन । सकारात्मक लेख्नेहरुले आजको युगमा जातिय छुवाछूत अमानबिय भएको भन्दै सफल दाम्पत्यको कामना समेत गरेका छन ।
Discussion about this post