बराह सहकारीले प्राथमिकताको आधारमा भुक्तान दिने,गोरखा डिपार्टमेन्ट १ अर्व एक करोडमा किनियो

धरान । आर्थिक मन्दिले समस्यामा परेको धरानको बराह सहकारीले प्राथमिकताको आधारमा आगामी बैशाख १५ गतेदेखि भुक्तान गरिने भएको छ ।

गत चैत २२ गते भुक्तान दिने भएपछि धरान भित्र सहित नारायणगड,झापा समेतबाट बचतकर्ता आएपछि बराहको शाखा धनकुटे रोड बन्द गर्नुपरेको थियो  । सोही दिन भएको छलफलमा पनि बैशाख १५ गते भुक्तान गर्ने भनेर इलाका प्रहरी कार्यालय सहितको रोहबरमा प्रतिबद्धता गरेका थिए ।

सोही कुरालाई आधिकारिक रुपमा बिहीवार बराहको भवनमा पत्रकार सम्मेलन गरेर थप आधिकारिक जानकारी दिएका हुन । बराह सहकारीले आर्थिक मन्दी हुनुमा कोरोना महामारी रहेको बताए । त्यसैगरी लगानी गरिएको ऋण न उठ्नु पनि भएको बताए ।

गत असारसम्म बराह सहकारीले ७२ करोड १९ लाख निक्षेप संकलन गरेको बताए । ऋण लगानी ७९ करोड ३२ लाख गरेको जानकारी दिए । हाल बरहमा शेयर सदस्य ५११७ जना छन भने शेयर पुँजी १० करोड २९ लाख रहेको बताए । प्राथमिकतामा ज्येष्ठ नागरिक,स्वास्थ्य उपचार,शिक्षा,फरक क्षमता भएका ब्यक्ति रहेको बताए ।

आर्थिक मन्दी आउनुमा तत्कालीन गोर्खा डिपार्टमेन्ट खरिदले पनि होलानी भन्ने प्रश्नमा गोरखामा सहकारीको लगानी नरहेको भन्दैसो भवन एक अर्व एक करोडमा किनेको बताए ।पत्रकार सम्मेलनमा बचतकर्ताहरुको प्रतिनिधिमुलक ब्यक्तिहरु पनि थिए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !