बराह बचत ऋण सहकारी डुब्दैछ भनेपछि पैसा माग्नेको ओइरो, बैशाख १५ गतेदेखि मात्र दिने

धरान । बराह बचत तथा ऋण सहकारी डुब्दैछ भन्ने हल्ला भएपछि पैसा माग्नेको ओइरो लागेपछि भुक्तान बन्द गरिएको छ । बराह डुब्दैछ भन्ने हल्ला फिजिएपछी मंगलबार तत्कालीन गोर्खा डिपार्टमेन्टमा हालको नयाँ बराह भवनमा बचत कर्ता शेयर होल्डर पैसा माग्न पुगेका थिए ।

पैसा माग्नेको भिड लागेपछि सुरक्षाको कारण सबै बन्द गरिको छ । केहिदिन अघि एक समुहले पैसा माग्न जाँदा चैत २२ गते दिने भनेपछि सबै ठाउँबाट पैसा माग्न आएको कुरा एकजना बचत कर्ताले बताए । उनले भने अस्ति हामी एक समूह आएका थियौ तेतिबेला आज चैत २२ गते दिने भनेका थिए । त्यही कुरा सामाजिक संजालमा हालेपछि आज सबै जना आईपुगेको उनले बताए । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको प्रेस सल्लाहकार पारस चाम्लिङले -`भने आज धरानबाट मात्र होइन काकडभिट्टा,नारायणगढबाट समेतबाट बचतकर्ता आएका छन ।´मेयर अन्तै कार्यक्रममा रहेकोले आफुलाई बुझ्न पठाएपछि आफू आएको बताए ।

धरान १९ बस्ने निर्मला सुबेदिले बराह डुब्छ भन्ने नलागेको बताए । तर समस्यामा भने परेको बताए ।बैंक रोक्का भएकोले मेनेज गर्न गाह्रो भएको सुबेदिले बताए । सानोतिनो नभई करोडौं भएकोले मेनेज गर्न समय दिनुपर्ने उनको भनाई छ ।

बजार प्रतिनिधि सुनिता बराईलिले आफुले संकलन गर्दै आएका निक्षेपकर्ताहरु बुझ्नेखालको रहेको दाबी गरे ।उनले कोरोना महामारीको कारण समस्यामा परेको बताए ।अर्को भवनमा खरिद गर्दा लगानी परेकोले समस्या परेको बताए । भवनमा अढाई अर्व लगानी गरेको सुनेको बताए । उनले साथिसंग बुझ्दै डेढ अर्वमा किनेको सच्याए । नुनदेखी सुनसम्म धरानदेखी हंकङ युकेसम्म भनेर नाम कमाएका र सहकारी बाहेक अन्य बस्तुको समेत बिक्री गर्दै आएका बराहले धरानमा रहेको तत्कालीन गोर्खा डिपार्टमेन्ट किनेपछी भने भुक्तानीमा समस्या आएको हो ।

बराह सहकारी डुब्दैछ भन्ने हल्ला सामाजिक संजाल विभिन्न माध्यमबाट समाचार एकाएक फैलिएपछी बचतकर्ता तथा शेयर होल्डरहरु पैसा माग्न आएका थिए । ठूलो संख्यामा आएपछि मंगलबार भुक्तान गर्ने भनिएको पैसा स्थगित गरिएको सुचना टास गरिएको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी सुरक्षार्थ खटिएका थिए । बचतकर्ता शेयर होल्डरबाट १० जना सहित इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र लामिछाने,शिबकुमार लामिछाने,मानबहादुर बिक सहित बसेर छलफल भएका थिए । छलफलले आगामी बैशाख १५ गतेबाट भुक्तान दिने निर्णय सहमति गरेको छ । यदि उक्त दिन भुक्तान गर्न नसकेको खण्डमा कानुन बमिजिम सजाय भैजाने भनी निर्णय गरिएको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !