बिमाको रकम भुक्तानी नभएको भन्दै बिपिको भ्रम

धरान । बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानले बिमा रकम भुक्तान नगरेको भन्दै सेवा रोक्ने भन्ने कुरा भ्रम फैलाएको बिमा बोर्डले बताएको छ ।

स्वास्थ्य बिमा बोर्डले धरान उपमहानगरपालिकाका मेयर तिलक राईको प्रमण्डललाई हालसम्म भुक्तान गरेको पत्र हस्तान्तरण गर्दै पत्रमा २०७८ साल असोज १२ गतेदेखि चैत ६ गतेसम्म १५ करोड ७७ लाख ९० हजार २९७।१४ रुपैया भुक्तान भएको देखाएको छ । पत्रमा वीमितहरूलाई सेवा दिएवापतको रकम कार्यक्रम लागु भए देखि हाल सम्म ४९ करोड ३५ लाख २१ हजार ६५३ रूपैया तहाँ प्रतिष्ठानलाई भुक्तानी भएको छ उल्लेख छ ।

गत गते सार्वजनिक सूचना टाँस गर्दै पटकपटक  पत्राचार गर्दा पनि शोध भर्ना नगरेको भन्दै चैत १५ गतेदेखि बहिरंग आकस्मिक तथा अन्तरङ सेवा अर्को सूचना नहुन्जेलसम्मल लागि स्थगित  गरिएको जनाएका थिए । स्वास्थ्य जस्तो संवेदनशील कुरामा सेवा रोक्ने सूचना आएपछि  धरानमा रहेका राजनीतिक दल संघसंस्था सहित स्थानीय सरकार धरान उपमहानगरपालि तथा जिल्ला प्रशासन कार्यालय समेतको ध्यानाकर्षण भै सेवा नरोक्न आग्रह सहितको चेतावनी समेत दिएका थिए ।

बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानले जारी गरेको सूचना:
                       सुचना
नेपाल सरकार, स्वास्थ्य बीमा बोर्डबाट बीमा गरेका विमितहरूलाई प्रतिष्ठानले २०७४ श्रावण महिनादेखि गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेकोमा स्वास्थ्य सेवा दिए वापत दावी गरेअनुसारको सम्पूर्ण रकम शोधभनां उपलब्ध गराउन लगायत स्वास्थ्य वीमाको कार्यक्रम संचालन गर्दा देखिएका प्राविधिक तथा अन्य समस्याहरूको सहजिकरण गर्न विभिन्न समयमा स्वास्थ्य बीमा बोर्ड लगायत अन्य सरोकारवालालाई पटक-पटक लिखित अनुरोध गर्दा पनि हालसम्म समस्याहरूको समाधान हुन नसक्दा प्रतिष्ठान आर्थिक संकटबाट गुजिरहेको छ । प्रतिष्ठानले पुयाएको सेवा वापत प्राप्त गर्नुपर्ने रकम समयमा नै प्राप्त हुन नसक्दा शिक्षक तथा कर्मचारीहरूको नियमित पारिश्रमिक लगायत दैनिक संचालन खर्चमा समेत प्रतिकुल प्रभाव पर्नगएको छ । प्रतिष्ठान एक अविच्छिन्न उत्तराधिकारवाला एवं स्वशासित संस्था भएकोले यसले आफ्नो व्ययभार आफै ब्यहोनुपर्ने व्यहोरा जानकारीका लागि अनुरोध छ । अतः स्वास्थ्य वीमा गराएका विमितहरूलाई प्रतिष्ठानले बहिरङ्ग (OPD), आकस्मिक (Emergency) तथा अन्तरङ्ग (Inpatient) अन्तर्गत दिईने सम्पुर्ण सेवाहरू अर्को सुचना नहुन्जेलसम्मको लागि मिति २०७८।१२।१५ गते देखि स्थगन गरिने जानकारी गराईन्छ । सेवाग्राहीहरूमा पर्नजाने असुविधाप्रति प्रतिष्ठान क्षमाप्रार्थी छ ।

डा. ज्ञानेन्द्र गिरि
उपकुलपति

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !