सुरक्षित  लगानीको उपाय बिषयक अन्तर्कृया हुने

धरान । अनलाईन सेक्युरिटीज प्रा.लि.(स्टक ब्रोकर नम्बर ४९)ले संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत देशभरका बिभिन्न स्थानमा सुरक्षित  लगानीको उपाय बिषयक अन्तर्कृया कार्यक्रम आगामी सोमबार धरानमा गरिने भएको छ ।

अनलाईन सेक्युरिटीज प्रा.लि.(स्टक ब्रोकर नम्बर ४९) धरान शाखा प्रबन्धक सुजन निरौलाका अनुसार गत चैत्र १२ गते नुवाकोटमा लगानीकर्ता शिक्षा कार्यक्रम सम्पन्न गरेको बताए ।त्यसैगरी  आउदो १९ गते शनिबार बर्दिबास र २१ गते सुनसरीको  धरानमा समेत उक्त कार्यक्रम गरिने कुरा प्रबन्धक सुजन निरौलाले बताए ।

कम्पनीले आफना व्यवसायिक सामाजिक उत्तदायित्व कार्यक्रम अन्तर्गत प्रस्तावित शाखाहरुको सक्रियतामा  सुरक्षित लगानीका उपाय विषयमा अन्तरकृया कार्यक्रमको आयोजना गर्न लागेको बताए ।
निरौलाले सेयर मार्कैटमा लगानीकर्ताहरुले कसरी आफना लगानी सुरक्षित गर्न सक्ने बिषय बस्तुहरुको बारेमा कार्यक्रममा बृहद रुपमा छलफल तथा अन्तर्कृया गर्न लागीएको समेत बताए ।

जहाँ सेयर बजार र लगानी कर्ताहरुको लगानी सुरक्षित कसरी गर्न सकिन्छ भन्ने बारेमा अनलाईन सेक्युरिटीज प्रा.लि.(स्टक ब्रोकर नम्बर ४९)का अध्यक्ष दिनेश शर्मा बिडारी,कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिशाल अग्रबाल लगायतको सहभागीता संगै आफना अनुभवहरु सहभागीहरु माझ आदान प्रदान गर्नेछ ।

अन्तर्कृया धरान ८ भोटेपुल होटल गजुर प्यालेसमा हुने कार्यक्रममा धरानका बिभिन्न सरकारी तथा गैरसरकारीका बिषेश ब्याक्तित्वहरुको सहभागीता रहनेछ । यस किसिमको कार्यक्रमले लगानीकर्तालाई हल्लाको भरमा नभई बुझेर लगानी गरी आफनो लगानी सुरक्षित गर्न टेवा पुर्याउन सहयोग मिल्ने अनलाईन सेक्युरिटीज प्रा.लि.(स्टक ब्रोकर नम्बर ४९) धरान शाखा प्रबन्धक सुजन निरौलाले जानकारी दिए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !