नो लालपुर्जा नो भोट अभियान

नवलपुर । लुम्बिनी प्रदेश देबचुली नगरपालिका का सुकुम्बासीले हालसम्म समस्या समाधान नगरेको भन्दै नो लालपुर्जा नो भोट अभियान थालिएको छ ।

लालपुर्जा प्राप्तिको लागि संघर्ष समिति देवचुली दलदलेले स्थानीय वडा नम्बर १३ दलदलेमा ब्यानरमा नो लालपुर्जा नो भोट लेखेर समस्या समाधान बिना चुनाबी बहिष्कार थालेका छन । देवचुली नगरपालिका दलदलेका स्थानीयले स्थानीय प्रदेश केन्द्रिय चुनाब बहिष्कार गरौ भनेर ब्यानर लगाएका छन ।

सुकुम्बासी समस्या समाधान जबसम्म हुदैन तबसम्म कुनै पनि राजनीतिक दल देवचुली नगरपालिका वडा नम्बर १३ मा प्रवेश तथा प्रचारप्रसार गर्न नपाइने ब्यानरमा उल्लेख छ ।

यस्तो प्रकारको नो लालपुर्जा नो भोट अभियान देवचुली नगरपालिका वडा नम्बर ४ र ५ मा पनि यस अघि गरिएका थिए । राजनीतिक दलले पटकपटक सुकुम्बासीलाई लालपुर्जा दिने भनेर भोट माग्ने गरेकोदेखी झुठो आश्वासन देखाएप्रती पहिला काम देखाउनको लागि भनेर दवाद सिर्जना गरेका हुन ।

स्थानीय चुनाब नजिकिदै गर्दा फेरि पनि राजनीतिक दलले भोट माग्ने पहिलो हतियार लालपुर्जालाई दिने भन्दै फकाएर जाने अवस्था भएकोले स्थानीय देवचुली दलदलेबासी सचेत रहेका हुन ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !