नेवा देय दबु सातौ महाधिवेशन धरानमा शुरु (भिडियो/ फोटो सहित)

महाधिवेशनको झाँकिर्‍याली                       

धरान ।भुमिपुत्र आदिवासी मुलबासी नेवार समुदायको जातिय संस्था नेवा देय दबुको सातौ महाधिवेशन धरानमा शुरु भएको छ ।

उद्घाटन सत्र चैत १४ गते झाँकी र्‍याली सहित धरानको नगर परिक्रमा गरिएका थिए । देशभरबाट र भारतको दार्जिलिङबाट समेत शुभकामना दिन आएका थिए । र्‍यालिमा नेवारी समुदायको लाखे नाच लगायत बाजागाजा सहितको झाँकी प्रदर्शन गरेका थिए ।

नगर परिक्रमा गरेपछि धरानको लोकतान्त्रिक चौतारीमा सभामा परिणत भएका छन । लोकतान्त्रिक चौतारीमा संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा उद्घाटन भएको हो । उद्घाटन सत्रमा शुभकामना दिनेहरुले अधिकांशले मातृभाषा नेपाल भाषामा नै शुभकामना दिएका थिए ।रक्तदान कार्यक्रम

सातौ महाधिवेशनको अवसर पारेर नेवा देय दबु केन्द्रिय समितिको आयोजना तथा धुलिखेल समाज धरानको संयोजनमा रक्तदान कार्यक्रम गरिएका थिए ।रक्तदान कार्यक्रममा सम्पन्न गरेको छ।

 

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !