संखुवासभालि कलाकार संघमा नयाँ नेतृत्व

दिपेश राई ( याम्फु)
काठमाडौ । संखुवासभा जिल्लाको कलाकारहरुको सामुहिक संस्था संखुवासभा कलाकार चौतारीको तेस्रो अधिवेशनले नयाँ समिति चयन गरिएको छ ।

चैत १२ गते काठमाडौ अनामनगर स्थित तमु समाजको कार्यालयमा सम्पन्न तेस्रो वार्षिक साधारण सभा समेतबाट कमल खत्रीको अध्यक्षता नयाँ समिति चयन भएको छ । समितिमा १९ जना चयन गरिएका छन ।
समितिको उपाध्यक्ष भबिन ढुंगाना ,कुशुम गुरुङ ,डि जे मेवाङ्ग चयन भएका छन । त्यसैगरी सचीवमा केसब अधिकारी,उपसचिवमा एम.के.बि.कोइराला,नौली याम्फुलाई चुनिएका छन । कोषाध्यक्षमा अर्पण श्रेष्ठ रहेका छन। आज चयन भएका समितीको पदावधि दुई वर्षको हुनेछ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !