बैकल्पिक प्रगतिशील लाेकतान्त्रिक शक्तिका आठ मानक – डम्बर खतिवडा

धरान । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य डम्बर खतिवडाले नेपालमा बैकल्पिक प्रगतिशील लाेकतान्त्रिक शक्तिका आठ मानक हुने धारणा राखिएका छन ।

नेता खतिवडाले सामाजिक संजाल फेसबुकमा धारणा सार्वजनिक गर्दै हामिले बैकल्पिकता ब्यक्तिमा खोज्छौ,समिहमा खोज्छौ झुक्किन्छौ झुक्याईन्छ भनिएको छ । तर त्यसो नभै बिचार र एजेन्डामा खोज्नुपर्ने बताए । जसका लागि मानक बनाएर खोज्नुपर्ने धारणा राखिएको छ ।उनले नेपालमा बैकल्पिक प्रगतिशील लाेकतान्त्रिक शक्तिका ८ मानकको रुपमा यसरी प्रस्तुत गरिएका छन :

१. त्यस्ताे शक्ति राजावादी, कांग्रेस वा कम्युनिस्ट कहिल्यै हुन सक्दैन। रुढीबाद, पुँजीवाद र साम्यवादलाई वैचारिक आदर्श बनाउँन सक्दैन ।

२. अहिलेकाे संविधानमा भएका गणतन्त्र, लाेकतन्त्र, संघवाद, समावेशिता, धार्मिक स्वतन्त्रता, सामाजिक न्याय र सकारात्मक विभेदकाे पक्षपाेषण गर्दछ तर यी सिद्धान्तकाे मानकमा अहिलेकाे संविधान अधुराे छ भन्ने ठान्दछ, पुनर्लेखन र संशोधन गर्नु पर्ने धारणा राख्दछ।

३. राजतन्त्र, उदार लाेकतन्त्र वा साम्यवादी जनवादमा हैन, प्रत्यक्ष, सहभागीतामुलक, समानुपातिक- समावेशी लाेकतन्त्रमा विश्वास गर्दछ।

४. खुल्ला बजार अर्थतन्त्र, नवउदारवाद, राज्य- अर्थतन्त्र वा मिश्रित अर्थतन्त्रमा हैन, सामाजिक उत्तरदायित्वसहितकाे बजार अर्थतन्त्र अर्थात बजार समाजवादमा विश्वास गर्दछ।५.शिक्षा, स्वास्थ्य, आवासलगायतका आधारभुत सेवामा राज्यकाे पुर्ण उत्तरदायित्व चाहन्छ।

६. सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न संरचनागत र संस्कृतिगत दुबै प्रकारका बद्लाब आवश्यक ठान्छ। यसमा कसैसँग कुनै प्रकारकाे सम्झाैता गर्दैन ।

७. पर्याप्त भाैतिक पुर्वाधार, तीव्र आर्थिक बृद्वि, समन्यायिक वितरण, दीगाेपन, र खुशीशास्त्रमा आधारित समतामूलक संमृद्विलाई समाजवादकाे आधार मान्दछ।

८. विश्व राजनीति र भुराजनीतिक सवालमा कसैकाे पक्ष वा विपक्षमा नलागि सबै पक्षसंग राष्ट्रिय हित अनुकुल गतिशील सन्तुलन र सन्तुलित सम्बन्ध कायम गर्न सक्दछ।
जाे यस्ताे साेच राख्छ, यस्ताे प्रयत्न गर्छ- त्याे नै बैकल्पिक प्रगतिशील लाेकतान्त्रिक शक्ति हाे।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !